अर्गानिक केडि कटेज
- १३ बैशाख २०७५, बिहीबार
- धिरन खत्री
- 2599 पटक पढिएको
मंगला १३ बैशाख । मंगला गाउँपालीका २ सिमलचौरमा संचालनमा रहेको केडि कटेजमा अर्गानिक स्वाद लिनका लागि आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढिरहेको छ। कटेजमा म्याग्दी खोलाको असला र कटेज परिसरमा पालीएका माछा, गौरीया, गुडुरा धानको चामलको भात, प्राङ्गारीक प्रबिधिबाट उत्पादन गरिएको तरकारी, लोकल कुखुरा, खसीको आकर्षक परिकारले ग्राहकको चहलपहल बढिरहेको हो । सो कटेज बेनी–दरबाङ सडक अन्तर्गत सिमलचौर रहेको छ । १५ जना क्षमता होमस्टे सुबिधा रहेको कडेजमा थप लगानी गरि सुविधायुक्त कोठा सहितको रिसोट बनाउने तयारी भएको संचालक अशोक पौडेलले जानकारी दिएका छन् । सो क्षेत्रमा थप सुविधा समयमा निर्माण गर्न सकिएमा धौलागिरि चक्रिय पदमार्ग र ढोरपाटन भ्रमणमा जाने आन्तरिक तथा बाह्य पर्यटकले सो कटेजबाट अर्गानिक स्वाद लिन पाउने छन् । तस्विरः धिरन खत्री
धिरन खत्री
म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l