म्याग्दी सहित ३७ जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा
- १३ बैशाख २०७५, बिहीबार
- 3271 पटक पढिएको
म्याग्दी, १३ वैशाख । गृह मन्त्रालयले म्याग्दी सहित ३७ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको सरुवा गरेको छ । बिहीबार प्राप्त सरुवा सूची अनुसार म्याग्दीका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद अधिकारीको कारागार व्यवस्थापन विभागको निर्देशक पदमा सरुवा गरिएको छ । ८ महिना अघि म्याग्दीमा आएका प्रअिज अधिकारीले आफ्नो म्याग्दी बसाईको क्रममा सेवा प्रवाहमा रचनात्मक रुपमा सहयोग गर्नेहरुलाई धन्यबाद दिँदै म्याग्दीको बसाई सुखत भएको प्रतिकृया दिनुभएको छ ।
म्याग्दीको प्रजिअमा कारागार व्यवस्थापन विभागमा निर्देशक रहनुभएका लिलाधर अधिकारी आउँदै हुनुहुन्छ । त्यसैगरि पर्वतका प्रजिअ राजेश पन्थीको कास्कीको सहायक प्रमुख जिल्ला अधिकारीमा, मुस्ताङका प्रजिअ रामचन्द्र तिवारीको अध्यागमन कार्यालयमा सरुवा भएको छ । २३ सह–सचिव र १४ जना उप–सचिव प्रजिअ हुने जिल्लाहरुका प्रमुख जिल्ला अधिकारी परिवर्तन भएका छन् । मन्त्रालयले सह–सचिव प्रजिअ हुने केही जिल्लामा उप–सचिवलाई कामुको जिम्मेवारी सहित सरुवा गरको छ ।