मुस्ताङकाे थासाङमा ६८ वर्षिय बृद्धबाट २८ महिने वालिका बलात्कृत

  • १२ बैशाख २०७५, बुधबार
  •  सुन्दर कुमार थकाली
  • 4159 पटक पढिएको

मुस्ताङ १२ वैशाख । एकै गाउँ । एकै ठाउँ। एक आपसमा पूर्णपरिचित नजिकैका छिमेकीले घृणित सोच लिएर वालिका माथि  बलत्कार जस्ताे जघन्य अपराध गर्छन् भन्ने जोकोहीलाई नलाग्न सक्छ । त्यसमाथि उमेर हदबन्दीले डाडा काट्दै गरेका बृद्ध व्यक्ति,जसले खराव दुस्कार्य बोकेर नावालिका माथि करणी गरे भन्ने सुन्दा अपत्यारिलो लाग्न सक्छ । यस्तै एक वालिका माथि गत शनिवार अप्रत्याशित यौनजन्य अपराध भएको छ । जिल्ला प्रहरी कार्यालय मुस्ताङमा परेको जाहेरी अनुसार थासाङ गाउँपालिका ३ लेते बस्ने वर्ष ६८ का लालप्रसाद शेरचनले एक २८ महिने नावालिकालाई जबरजस्ती करणी गरेका छन् ।

सधैजसो प्रायः समय वालिकाकै घरमा गईरहने बृद्ध शेरचनले गत शनिवार वालिकाको बुबा / आमा घरमा नभएको मौका छोपी वालिकालाई जवर्जजस्ति  गरि करणी गरेको प्रहरीले बताएको छ । वालिकाकी आमा घर बाहिर दाउरा चिर्दे गर्दाको अवस्थामा शेरचनले वालिकालाई काखमा खेलाई रहेका थिए । एकछिनपछि एक्कासी वालिका रोएको आवाज सुनेपछि हत्तपत्त वालिकाकी आमा घरभित्र पस्दा वालिकामाथि करणी गर्दे गरेको दृष्य देखिन् ।

वालिकाकी आमालाई देख्ने बिक्तिकै करणी गर्दे गरेका शेरचन फरार भएको प्रहरी जाहेरीमा उल्लेख छ । घटनापछि वालिकाका अभिभावकले ईलाका प्रहरी कार्यालय लेतेलाई मौखिक जानकारी गरेपछि बृद्ध शेरचन पक्राउ  परे । उनलाई जवर्जजस्ति करणी मुद्धा ऐन अन्तर्गत जिल्ला अदालत जोमसोममा म्याद अनुमति लिएर प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।

त्यस्तै,जिल्ला अदालत जोमसोमबाट जबरजस्ती करणीमा मुद्धामा कैद सजाय सुनाईएका एक अभियुक्त शनिवार पक्राउ परेका छन् । घटना अनुसार २०६३ सालमा जबरजस्ती करणी मुद्धामा धरौटी तारिखमा छुटेका घरपझोङ गाउँपालिका ३ स्याङ बस्ने ६४ वर्षिय धन बहादुर थकालीलाई २०६८ सालमा पुनःजिल्ला अदालत मुस्ताङले १० वर्ष कैद सजाय तोकेको  थियाे ।

अदालतले कैद सजाय तोकेपछि एकाएक फरार रहेका थकालीलाई प्रहरीले ७ वर्षपछि मुस्ताङमा पक्राउ गरेको छ । पक्राउ परेका थकालीलाई अदालतको आदेश बमोजिम बाँकी कैद भुक्तानी गर्न जिल्ला कारागार मुस्ताङमा जेल चलान गर्न आदेश दिएको छ । पछिल्लो समय जबजस्ती करणी उद्योगका घटनाहरु मुस्ताङमा बृद्धि हुदै गएको छ । गत आर्थिक वर्षमा ५ वटा यौनअपराधका घटना भएका छन् । जसमा ३ वटा जबरजस्ती करणी र २ वटा जबरजस्ती करणी उद्योग छन् । यि मध्ये जबरजस्ती करणाी २ वटा र जबरजस्ती करणी उद्योगका २ वटा मुद्धा अदालतले फर्चोट गरेको छ भने १ जबजस्ती करणी मुद्धा अनुसन्धानमा छ ।

त्यस्तै आर्थिक वर्ष ०७३ सालमा १ जबरजस्ती करणी र १ अप्राकृतिक मैथुनकाे यौन अपराधका घटना दर्ता भएको जिल्ला अदालत जोमसोमले जनाएको छ । प्रहरी नायव उपरिक्षक रामहरि पाण्डेका अनुसार घटना बृद्धि हुनुमा प्रहरी जनचेतना अभिबृद्धि र मुखिया शासनको सामाजिक रुपान्तरण भएको दावी गरे । उनले सामाजमा घट्ने यस्ता घटना समाजभित्र गोपनियतामा रहने भएकाले बाहिर नआएको उल्लेख गर्दे विस्तारै पीडितहरु न्यायलयको ढोका सम्म आउन सक्ने वातावरण बनेकाले घटना बृद्धि भए जस्तो देखिएको स्पष्ट पारे ।’हामी समाजमा शुसासन कायम राख्न कटिबद्ध छौ‘पाण्डेले भने’ निर्धक्क भएर जनता न्यायलयको पहुच सम्म पुग्न प्रहरी सर्तकतालाई प्रभावकारी बनाईदै लगिएको जनाए ।

 सुन्दर कुमार थकाली