सिद्धार्थ ज्ञानमन्दिर विद्यालयले अभिभावक भेला गरि बार्षिक पुरस्कार वितरण सम्पन्न

  • १२ बैशाख २०७५, बुधबार
  • धिरन खत्री
  • 2284 पटक पढिएको


म्याग्दी, १२ बैशाख । रघुगंगा गाउँपालिका २ श्री सिद्धार्थ ज्ञान मन्दिर आधारभूत विद्यालयले अभिभावक भेला गरि बार्षिक परीक्षा २०७४ मा उर्तीण विद्याथीलाई पुरस्कार वितरण गरिएको छ । विद्यालयले सो अभिभावक भेलामा विद्यालयलको बार्षिक गतिविधि सार्वजनिक तथा क्षेत्रबहादुर श्रेष्ठ पुरस्कार वितरण पनि गरिएको हो ।


क्षेत्रबहादुर श्रेष्ठबाट स्थापना गरिएको पुरस्कार कक्षा ५ मा प्रथम हुने छात्रा निकिता कुमारी कटुवाल क्षेत्रीलाई नगद ३ हजारसहित प्रंशसा पत्रले सम्मान गरिएको थियो । भने विद्यालयमा निरन्तर शिक्षण पेशा गरि शैक्षिक गुणस्तरमा योगदान गर्ने शिक्षक तेजबहादुर थापालाई प्रंशसा पत्रले सम्मान गरिएको थियो । भने श्रेष्ठले विद्यालयको लागि १ थान कम्प्युटरपनि हस्तान्तरण गरेका छन् । रघुगंगा गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा वडा २ का वडाअध्यक्ष रिमबहादुर कटुवाल, समाजसेवी देवेन्द्रबहादुर मल्ल, मुक्तिधाम माविका प्रअ अमर बहादुर कटुवालले स्वागत मन्तव्य राखेका थिए ।


विद्यालयका प्रधानध्यापनक तोरणबहादुर श्रेष्ठले विद्यालयको बार्षिक शैक्षिक, भौतिक अवस्था र आर्थिक प्रतिवेदन भेलामा सार्वजनिक गरेका थिए । भने सो कार्यक्रममा रघुगंगा गाउँपालिका २ पखटोल, हाल बेनी निवासी क्षेत्रबहादुर कटुवालले ५० हजार १५० रुपैया, शिक्षक एकेन्द्रबहाुदर कुटुवाल क्षेत्रीबाट ५० हजार १०५ रुपैयाँ, शिक्षक तेजबहादुर थापाले २५ हजार १०० रुपैया र शिक्षक बलबहादुर भण्डारीले १० हजार रुपैया विद्यालयको भवन निर्माण लागि सहयोग गरेका छन् । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष रबि खत्रीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन शिक्षक एकेन्द्रबहादुर केसीले गरेका थिए ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l