डिप्याक म्याग्दीको वैठक सम्पन्न,सिफो टु म्याग्दीका सवै स्वास्थ्य संस्थामा काम गर्ने
- २० चैत्र २०७४, मंगलवार
- 1857 पटक पढिएको
म्याग्दी, २० चैत्र । जिल्ला स्तरिय परियोजना सल्लाहकार समिति (डिप्याक),म्याग्दीको वैठक सम्पन्न भएको छ । युएसएआईडी,मेरि स्टोप्स ईनटरनेशन तथा सुनौलो परिवार नेपाल तथा परिवार नियोजन सेवा सुदृढीकरण कार्यक्रम (सिफोटु) को आयोजना र जिल्ला समन्वय समिति म्याग्दीको समन्वयमा वैठक सम्पन्न भएको हो ।
सो अवसरमा सिफोटु म्याग्दीका प्रवन्धक डाक्टर मिलनराज सिग्देलले सिफो ले म्याग्दीमा गरिरहेका कामका वारेमा जानकारी गराउनु भएको थियो । उहाँले आगामी दिनमा म्याग्दीका सवै स्वास्थ्य संस्थामा सेवा प्रवाहमा सहयोग गर्ने कार्यक्रम रहेको जानकारी दिनुभयो । प्रवन्धक डाक्टर सिग्देलले पछिल्लो छ महिनामा लक्ष्य भन्दा धेरै काम भएको विवरण प्रस्तुत गर्नु भएको थियो ।
कार्यक्रममा वोल्दै वेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले सिफोले गरेका कामले म्याग्दीका जनतालई प्रत्यक्ष फाईदा पुगेको अनुभव भएको भन्दै आगामी दिनमा नयाँ—नयाँ कार्यक्रमका साथ विकट गाँउलाई प्राथमिकतामा राख्न सुझाव दिनुभयो । सो अवसरमा म्याग्दीका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद अधिकारीले परिवार नियोजन कार्यक्रम निक्कै प्रभावकारी भएको डाटाले देखाएको भन्दै सिफो टु लाई धन्यवाद दिनुभयो ।
कार्यक्रम जिल्ला स्वास्थय कार्यालय म्याग्दीका प्रमुख डाक्टर रोशन न्यौपानेले विगतमा सिफो टुले स्वास्थ्यका क्षेत्रमा सन्तोषजनक काम नगरेको भए पनि गएको एक वर्षमा उत्कृष्ट कार्य गरेको स्वास्थ्य कार्यालयको निचोड रहेको जानकारी दिनुभयो । उहाँले सिफो टु म्याग्दीमा डाक्टर मिलनराज सिग्देल प्रवन्धक भएर आईसकेपछि सेवा प्रवाहले राम्रो गती लिएको स्पष्ट पार्नु भयो । प्रमुख डाक्टर न्यौपानेले म्याग्दीका जनतालाई प्रत्यक्ष फाईदा पुरयाउने काम गरेको भन्दै सिफो टु म्याग्दीका प्रवन्धक डाक्टर सिग्देल तथा टिमलाई धन्यवाद समेत दिनुभयो ।
सो अवसरमा सिफो टु म्याग्दीका प्रवन्धक डाक्टर मिलनराज सिग्देलले नौ वटा अटोक्लेभ मेसिन जिल्ला स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख डाक्टर रोशन न्यौपानेलाई हस्तान्तरण गर्नु भएको थियो । ति अटोक्लेभ मेसिनहरु जिल्लाका ९ वटा स्वास्थ्य संस्थामा पुरयाईनेछ ।
कार्यक्रम जिल्ला समन्वय समिति म्याग्दीका संयोजक देवेन्द्र केसीका सभापतित्वमा र सिफोटुका व्यवाहार परिवर्तन तथा सञ्चार अधिकृत राधाकृष्ण डुम्रेको सञ्चालनमा सम्पन्न भएको थियो ।