रेड सचेतना तालीम सम्पन्न
- १५ चैत्र २०७४, बिहीबार
- 1835 पटक पढिएको
बेनी १५ चैत । बेनीमा बिहीबार सरोकारवालाहरुका लागि रेड सचेतना तालीम सम्पन्न भएको छ । क्षेत्रीय वन तालीम केन्द्र पोखराको आयोजनामा तिन दिनसम्म सञ्चालन भएको तालीममा म्याग्दी, पर्वत र बागलुङका वन प्राबिधिक, सामुदायीक वन उपभोक्ता महासंघ र सञ्चारकर्मीहरुको उपस्थिती रहेको थियो ।
तालीमको समापन गर्नुहुदै जिल्ला वन अधिकृत माधवप्रसाद देवले नेपालले वनको विकास, संरक्षण र कार्वन उत्र्सजन न्युनीकरण गरी कार्वन ब्यापार गरेर आम्दानी गर्ने सम्भावना रहेको बताउनुभयो ।विश्वका औद्योगीक विकसीत देशहरुले उत्र्सनजन गर्ने कार्वन खपत गरेर नेपालको वनले वातावरण संरक्षणमा योगदान गरेको सन्देश सर्वसाधारणमा पुराउनुपर्ने बताउनुभयो ।
रेड कार्यान्वयन केन्द्रका उपसचिव अजयबिक्रम मानन्धरले नेपालमा कार्वन उत्र्सजन न्युनीकरण रणनीती बनाएर वन क्षेत्रको लगानी कार्यक्रम कार्यान्वयनको तयारी भएको जानकारी दिनुभयो ।उपसचिव मानन्धर, प्रदेश ४ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका उपसचिव मेघराज पौडेल र शाखा अधिकृत तिलकबहादुर थापाले तालीमको सहजिकरण गर्नुभएको थियो । समापन कार्यक्रममा सहभागी माया अधिकारी र रामकृष्ण न्यौपानेले समेत मन्तब्य व्यक्त गर्नुभएको थियो ।