पत्रकार आचारसंहिता सम्वन्धि बेनीमा मिडिया संवाद
- १५ चैत्र २०७४, बिहीबार
- 1965 पटक पढिएको
म्याग्दी, १५ चैत । जिल्लामा क्रियाशिल मिडियाकर्मिहरु संग पत्रकार आचारसंहिता सम्वन्धि मिडिया संवाद बेनीमा गरिएको छ । प्रेश काउन्सिल नेपाल आयोजनामा स्थानीय रुपमा प्रकाशन तथा प्रशारण रुपमा रहेका मिडियाहरुसंग पत्रकार आचांरसहिता बारे अन्तरक्रिया गरिएको हो ।स्थानीय रुपमा निरन्तर प्रकाशित तथा प्रशारण रुपमा रहेका मिडियाहरुले पालना गर्नुपर्ने नियम तथा पत्रकारिता आचारसंहिताबारे क्रियाशिल पत्रकार तथा संचारकर्मी र जिल्लाका सरकारवालाहरुसंग अन्तक्रिया गरिएको थियो ।
प्रेस काउन्सिल नेपाल र नेपाल पत्रकार महासंघ म्याग्दीको संयोजनमा जिल्लाको विकास तथा अन्य गतिविधिमा मिडियाहरुले खेल्नुपर्ने भुमिकाबारे सरकारवालाहरुले सकारात्मक रहेको बताएका थिए । नेपाल प्रेन्स काउन्सिल नेपाल बरिष्ठ सदस्य खिलबहादुर भण्डारीले पत्रकारिताको आचांरसहितामा रहेर बास्तविक सूचना लिएर समाचार प्रशारण तथा प्रकाशन गर्न आग्रह गरेका थिए । पत्रकारले कसैको ब्यक्तिगत र पाटीगत सूचना तथा समाचार प्रकाशन गर्नु गलत भएको हुदाँ पत्रकारिताको आचारसंहितालाई पालना गर्न आग्रह गरेका थिए ।
त्यस्तै प्रेन्स काउन्सिल सदस्य सुदर्शन आचार्यले सूचना तथा समाचार प्रकाशन तथा प्रशारणमा पत्रकार संवेदनशिल हुन पत्रकार तथा संचारकर्मीलाई आग्रह गरेका थिए । त्यस्तै सो अन्तक्रिया कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसीले वास्तविक सूचना सप्रेषण भएमा समाज, जिल्ला र राष्ट्रलाई सहयोग पु¥याउन मिडियाहरु खोजमुलक हुनुपर्ने बताएका थिए ।
त्यस्तै बेनी नगरपालिका मेयर हरिकुमार श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारी र म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तम कर्माचार्यले सूचनामुलक पत्रकारिता भन्दापनि खोजमुलक पत्रकारिता देशलाई आश्वयक भएको हुदाँ मिडियाहरुले यसमा ध्यान केन्द्रित गर्न आग्रह गरेका थिए ।
नेपाल पत्रकार महासंघ म्याग्दीका अध्यक्ष तारानाथ शर्माको अध्यक्षता, उपाध्यक्ष ठाकुरप्रसाद आचार्यको स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन सचिव गोरख सुवेदीले गरेका थिए। सो कार्यक्रममा क्रियाशिल पत्रकारहरुको उपस्थित रहेका थियो ।