सहकारी सञ्चालकहरुलाई वित्तिय साक्षरता तथा सहकारी ब्यवस्थापन तालिम
- १४ चैत्र २०७४, बुधबार
- सन्दिप शर्मा
- 1593 पटक पढिएको
बेनी, १४ चैत । जिल्ला बचत तथा ऋण सहकारी संघ बागलुङ तथा नेपाल बचत तथा ऋण सहकारी संघ लिमिटेडको आयोजनामा सहकारीका सञ्चालकहरुलाई गलेश्वरमा तिन दिने तालिम शुरु भएको छ । विक्तिय साक्षरता, सहकारी ब्यवस्थापन, गरिबी न्यूनिकरणमा सहकारीको भुमिका, सहकारी प्रशिक्षक तयार पार्ने लगाएको विषयमा तालिम प्रदान गरिने भएको छ । तिन जिल्लाका ३० जना सहकारीकर्मीहरुको उपस्थिती रहेको सो तालिममा केन्द्रीय बचत तथा ऋण सहकारी संघ ( नेफ्स्सुन ) का कार्यक्रम अधिकृत प्रेमनाथ वाग्ले, नेफ्स्सुनका सञ्चालक चन्डिप्रसाद शर्मा पौडेल र विभागिय प्रमुख दुर्गा ढकालले सहजिकरण गर्ने बचत तथा ऋण सहकारी संघ बागलुङका सचिव ऋषिराम गौतमले बताए ।
कार्यक्रमको उद्घाटन गर्दै बेनी नगरपालिकाको उप–प्रमुख सञ्जु बरुवालले सहकारीको क्षेत्र बाट पनि देशको विकास गर्न सकिने हुदाँ सरकारी लाई ब्यवस्थित गरि जनतामा सेवा तथा सुविधा उपलब्ध गराउन सकिने बताईन । बरुवालले सहकारीको ऐन नियम बनि सकेको हुदाँ सहकारीहरु ऐन निमय अनुसार चल्न आग्रह गरेकी थिईन । नेफ्स्सुनका सञ्चालक तथा बचत तथा ऋण सहकारी संघ बागलुङका अध्यक्ष चन्डिप्रसाद शर्मा पौडेलको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा नेफ्स्सुनका कार्यक्रम अधिकृत प्रेमनाथ वाग्ले र जिल्ला बचत संघका सञ्चालक चिनीमाया कालाले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन सचिव ऋषिराम गौतमले गरेका थिए ।