लिटल गार्डेनकी छात्रा परियार प्रदेश स्तरीय निबन्ध प्रतियोगितामा द्धितीय
- १३ चैत्र २०७४, मंगलवार
- 1983 पटक पढिएको
म्याग्दी, १३ चैत । बेनीको लिटल गार्डेन एकेडेमीकी छात्रा अमीसा परियार प्रदेश स्तरीय निबन्ध लेखन प्रतियोगितामा द्धितीय भएकी छिन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पोखरा स्थित क्षेत्रीय कार्यालयले गरेको प्रतियोगितामा लिटील गार्डेनको कक्षा १० मा अध्ययनरत छात्रा परियार द्धितीय भएकी हुन् ।
कार्यालयले गत माघमा कक्षा १२ सम्म अध्ययन गर्ने विद्यार्थीहरुका लागि भ्रष्ट्राचार न्युनीकरणका लागि युवाको भुमिका विषयक प्रदेश स्तरीय निबन्ध लेखन प्रतियोगिता आयोजना गरेको थियो । कार्यालयले सोमबार परिणाम सार्वजनीक गरेर द्धितीय भएको प्रमाणपत्र उपलब्ध गराएको विद्यालयका संस्थापक निर्देशक बालकृष्ण सुवेदीले जानकारी दिनुभयो ।