मलेशियामा म्याग्देली युवाको मृत्यु

  • ११ चैत्र २०७४, आईतवार
  • म्याग्दी अनलाईन
  • 6233 पटक पढिएको

कुलालुम्पुर, १० चैत । मलेशियाको आम्पाङ्गपार्कस्थित भिस्टा दमैको अपार्टमेनमा एक सेक्युरिटी कम्पनीमा कार्यरत म्याग्दीको मालिका गाउँपालिकाको रुम घर भई रोजगारीको सिलसिलामा मलेशिया आएका धर्म रोका मगरको ड्युटी गर्ने क्रममा उनि बसिरहेको कुर्चीमै मृत्यु भएको अवस्थमा फेला परेको छ ।

शनिबार बेलुकी रातको करिब ५ बजे उनको मृत्यु भएको हुन सक्ने उनीसंगै काम गर्ने रुकुमका कर्ण रोका मगरले जानकारी गराउनु भयो । अहिले  मगरको शवलाई पोष्टमार्टमका लागि प्रहरीले कुलालुम्पुर हस्पिटलमा लागिएको छ । ५ वर्ष अघि मलेशिया आएका २८ वर्षीय मृतक मगर अविवाहित हुन् ।

म्याग्दी अनलाईन