छन्त्याल विद्यार्थि संघको अध्यक्षमा राजु भलन्जा चयन

  • ३ चैत्र २०७४, शनिबार
  • 2983 पटक पढिएको

म्याग्दी, ३ चैत । म्याग्दी सदमुकाम बेनि बजारमा शनिवार छन्त्याल विद्यार्थिहरुको एक भेलाले म्याग्दी छन्त्याल विद्यार्थि संघ गठन गरिएको छ । भेलाले राजु भलन्जा छन्त्यालको अध्यक्षतामा १३ सदस्यीय समिती गठन भएको हो ।

समितीको बरिष्ठ उपाध्यक्षमा रुपेश भलन्जा छन्त्याल, उपाध्यक्षमा रस्मी भलन्जा छन्त्याल, सचिवमा अमर छन्त्याल, सहसचिवमा शितल घरब्जा छन्त्याल, कोषाध्यक्षमा कल्पना छन्त्याल, सह–कोषध्यक्षमा भिमा झिङराजा छन्याल, र सदस्य हरुमा अन्त झिङराजा छन्त्याल, निरुता घरब्जा छन्त्याल, निरु बुढाथोकी छन्त्याल, खप्रसाद भलन्जा छन्त्याल र हेना खड्का छन्त्याल निर्वाचित भएका छन् । अधिबेशनले बनु घरब्जा छन्त्याललाई सांस्कृतिक समयोजक चयन गरेको छ ।

कार्यक्रमको उद्घाटन गर्दै नेपाल छन्त्याल संघको केन्द्रीय सदस्य खिम छन्त्यालले नयाँ युवा पुस्ताहरुले पुरानो आफ्नो मौलिक संस्कृति लाई जोगाउनु पर्ने बताए । नेपाल छन्त्याल विद्यार्थि संघ म्याग्दीका वर्तमान सचिव अमर छन्त्यालको अध्यक्षतामा सम्पन्न भेलाको सञ्चालन कल्पना घरब्जा छन्त्यालले गरेकी थिईन् भने स्वागत रुपेश छन्त्यालले गरेका थिए ।