ओमानमा मोनाले अन्तर नेपाली भलिबल प्रतियोगिता आयोजना गर्ने
- १३ फाल्गुन २०७४, आईतवार
- 3065 पटक पढिएको
म्याग्दी प्रवासी नेपाली संघ (माेना) अाेमनले आगामी ९ मार्च शुक्रबारको दिन अन्तर नेपाली भलिबल प्रतियोगिता गोब्रा पावर पलान्ट खेलकुद मैदानमा बिहान ८ बजे देखि संचालन गर्ने भएकाे छ । ओमान स्थित रहेका विभिन्न संघ संस्था, क्लब खेल प्रेमीहरुमा टिम सहित उपस्थिति भै खेलमा सहभागी भइदिनु हुन मोना ओमनले हार्दिक आग्रह गरेको छ ।
अाेमनमा अहिले सम्म कै सर्वाधिक पुरस्कार रासी सहितको अन्तर नेपाली भलिबल प्रतियोगिता रहेको हुदा निकै प्रतिस्पर्धा हुने संस्थाले जनाएको छ । खेलकुद संचालनको लागि अहिलेसम्म संस्थालाई विभिन्न व्यक्तिबाट सहयोग भएको जनाएको छ ।
सहयोगीहरुको नाम लिस्ट
मोना ओमनले आयोजना गरेको भलिबल प्रतियोगिता लाई सफल बनाउन सहयोग गर्नुहुने मोना ओमानका सदस्यहरु पानी,आर्थिक वरिष्ठ सल्लाहकार सेवन्त पुर्जा ,प्रथम ट्रफि उपाध्यक्ष धनबहादुर छन्त्याल ,दृतिय ट्रफी,वेस्ट खेलाडी ट्रफी अध्यक्ष पूर्ण बहादुर विश्वकर्मा ,मेडल प्रथम कोच याम रोका , मेडल दृतिय कोषाध्यक्ष रामचन्द्र केसि , ब्यानर छपाई उपाध्यक्ष गणेश चोखाल,सम्मर खत्री खेलाडी लाई खानाको ब्यवस्थापन सल्लाहकार तोपेन्द्र खत्री , भलिबल १ थान सदस्य हरि घिमिरे सहयोग गरेको जनाएको छ ।
सहयोग गर्ने सम्पुर्ण सहयोगीहरुमा मोना ओमानले धन्यवाद व्यक्त गर्दै आयोजित खेललाई सभ्य भब्यताको साथ सम्पन्न गराउन सबैमा अनुरोध गरेकाे जनाएकाे छ ।