म्याग्दीमा अपाङ्गता दिवस मनाइयो

  • १८ मंसिर २०७४, सोमबार
  • 1425 पटक पढिएको

बेनी १७ मंसिर । म्याग्दीमा आईतबार विभिन्न कार्यक्रमको आयोजना गरेर २६ औ अन्तराष्ट्रिय अपाङगता दिवस मनाइएको छ ।

अपाङ संघ म्याग्दी र वौद्धीक अपाङगता अभिभावक संघको आयोजनामा बेनीमा एक समारोहको आयोजना गरि दिवस मनाइएको हो । कार्यक्रममा बेनी नगरपालीकाका प्रमुख हरिकुमार श्रेष्ठले दिगो र समतामुलक समाज उन्मुख रुपान्तरणका लागि अपाङ्गता भएका नागरीकको सहभागीतामा जोड दिनुभयो ।

कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी यादवनाथ आचार्य, बेनी नगर कार्यपालीका सदस्य गोरी दर्जी, गैरसरकारी संस्था महासंघका अध्यक्ष हरिप्रसाद पौडेल लगायतले मन्तब्य व्यक्त गर्नुभएको थियो ।

सहभागीहरुले अपाङ्गता भएका नागरीकहरुको पक्षमा बनेका ऐन नियमको व्यवहारीक कार्यान्वयनमा जोड दिएका थिए । सो कार्यक्रमको समन्वय बेनी नगरपालीका, महिला तथा बालबालिका कार्यालय पलान ईन्टरनेशनल र आईएनएफले गरेका थिए ।

अपाङग संघ म्याग्दीका अध्यक्ष गोपाल केसीको अध्यक्षता र सचिव सुरेन्द्र खत्रीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । यसैगरी अन्नपूर्ण गाउँपालीकाको केन्द्र पोखरेबगरमा पनी एक कार्यक्रमको आयोजना गरेर अपाङगता दिवस मनाइएको छ ।

कार्यक्रममा गाउपालीकाका अध्यक्ष डमबहादुर पुन, उपाध्यक्ष केशमाया मगर लगायत जनप्रतिनिधि र अपाङ्ग सञ्जालका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।