शिख माविको ६३ औँ बार्षिकत्सव, शिखलाई साक्षर वडा घोषणा

  • १५ मंसिर २०७४, शुक्रबार
  • सुरेन गुरुङ
  • धिरन खत्री
  • 2179 पटक पढिएको

म्याग्दी,१५ मंसिर । म्याग्दीको अन्नपुर्ण गाउँपालिका ५ शिखमा रहेको शिख माविको ६३ औँ बार्षिकत्सव विविध कार्यक्रम गरि मनाईएको छ । विद्यालयको ६३ औ बार्षिकत्सवको अवसरमा शिखलाई साक्षर वडा घोषणा गर्दै बार्षिकत्सव मनाएको हो ।


बार्षिकत्सवको अवसरमा ब्रिटिस वेलफेरको सहयोगमा निर्माण हुन लागेको आठकोठे पक्कि भवनको शिलन्यास जिल्ला शिक्षा अधिकारी रामकुमार श्रेष्ठ र गाउँपालिका उपाध्यक्ष केशमाया पुनमगरले गरेका थिए । सो बार्षिकत्सव कार्यक्रममा जिल्ला शिक्षा अधिकारी रामकुमार श्रेष्ठले विद्यालयको शिक्षाको गुणस्तर बढाउन शिख बासीले गरेको योगदानलाई प्रशंसा गरेका थिए । विद्यालयको थप आठ कोठे भवन निर्माणमा ब्रिटिस वेलफेरको सहयोगले शैक्षिक क्षेत्रमा गुणस्तर सिर्जना गर्ने भन्दै सहयोगी संस्थालाई धन्यवाद दिदै थप जिल्ला शिक्षा कार्यालयबाट उपलब्ध गराउने प्रतिवद्धता राखेका थिए । भएको थियो । सो बार्षिकत्सवकोमा अवसरमा अन्नपुर्ण गाउँपालिकाको उपाध्यक्ष केशमाया पुनमगरले शिख माविको शैक्षिक गुणस्तर निर्माणमा आवश्यक सहयोग गाउँपालिकाबाट उपलब्ध गराउने प्रतिबद्धता ब्यक्त गरेकी थिईन ।


बार्षिकत्सवको अवसरमा नेपाल शिक्षक संगठन म्याग्दीका अध्यक्ष दुर्गाराम सुवेदी, नेपाल राष्ट्रिय शिक्षक संगठन म्याग्दीका अध्यक्ष जयराम सुवेदी, स्रोतब्यक्ति भरतकुमार पुन, जिल्ला शिक्षा कार्यालयका लेखापाल लोक ब केसी, वडा अध्यक्ष दिनेश कुमार तिलिचा, समाजसेवी बागविर पाईजा, समाजसेवी पेस ब पाईजा, कृष्ण पाइजा, निलबहादुर पुर्जा र पाउद्धार माविका् प्रधानाध्यापक थममाया पुनले विद्यालयको भौतिक तथा शैक्षिक क्षेत्रम निर्माणमा भएको परिर्वतनमा शिखबासी र विदेशमा रहेका भुतपुर्व विद्यार्थीको योगदानलाई प्रशँसा गरेका थिए । विद्यालयमा भएको शैक्षिक सुधारले साक्षर वडा घोषणामा महत्वपुर्ण योगदान गरेको बोल्ने बक्ताले जोडदिएका थिए ।


सो बार्षिकत्सवको अवसरमा समाजसेवी तुलबहादुर तिलिचा र चित्रबहादुर तिलिचाले विद्यालयका विद्यार्थीलाई सुईटर, कपि कलम वितरण गरेका थिए । सो कार्यक्रममा विद्यालयका भुतपुर्व शिक्षकले निलबहादुर पुर्जाले अक्षकोष स्थापना गरेका छन् ।


विद्यालय ब्यवस्थापन समितिको अध्यक्ष मिनबहादुर बुदुजाका अध्यक्षता प्रध्यानाध्यापक जगदिश आचार्य, शिक्षक सेते तिलिचाको संचालनमा सम्पन्न भएको कार्यक्रममा २०७३ सालमा उत्तिर्ण भएका विद्यार्थीलाई पुरुष्कार वितरण गरिएको थियो । कार्यक्रममा विद्यालयका विद्याथीहरुले सास्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।


सोही कार्यक्रममा अन्नपुर्ण गाउँपालिका वडा ५ शिखलाई जिशिअ रामकुमार श्रेष्ठले साक्षर वडा घोषणा गरेका थिए ।तस्विरः सुरेन गुरुङ

 

सुरेन गुरुङ

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l