म्याग्दीमा निर्वाचनको तयारी अन्तिम चरणमा
- ६ मंसिर २०७४, बुधबार
- धिरन खत्री
- 1969 पटक पढिएको
म्याग्दी, ५ मंसिर । आसन्न मंसिर १० गते हुने प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरेर म्याग्दीमा तयारी अन्तिम चरणमा पुगेको छ ।
निर्वाचन अधिकृतको कार्यालय र सुरक्षा निकायले मतदानको मिति नजिकिँदै गर्दा भौगोलिक रुपमा विगट ठाउँमा चुनाव ब्यवस्थित रुपमा सम्पन्न गर्न आवश्यक सामाग्रीसहित जनशक्ति व्यवस्थापन र सुरक्षा तयारी वाडफाड अन्तिम चरणमा पुगेको बताएका हुन् । मुख्य निर्वाचन कार्यालय म्याग्दीले जिल्लामा मतदान अधिकृत १०६ जना, सहायक– मतदान अधिकृत १०६ जना, सहायक कर्मचारी ४ सय २३ जना र सहयोगी कर्मचारी २सय १२ जना गरि जम्मा ८०६ कर्मचारी र स्वयमसेवक ४२२ खटाएको सहायक निर्वाचन अधिककृत राजु ढुङ्गनाले जानकारी दिनुभयो । मतदान अधिकृत, सहायक अधिकृत लगायतका कर्मचारीलाई नियुक्तपत्र दिएर मतदान स्थलमा खटाउने तयारी पुरा भएको र उनीहरु ७ गते बेलुका जिल्लाको सबै मतदान कार्यालयमा पुग्ने मूख्य निर्वाचन कार्यालयका सहायक निर्वाचन अधिकृत राजु ढुङ्गनाले बताउनुभयो ।
प्रत्येक मतदान केन्द्र ब्यवस्थित रुपमा संचालन गर्न एक जना मतदान अधिकृत, एक जना सहायक मतदान अधिकृत, दुई जना सहायक कर्मचारी, एक जना सहयोगी तथा दुई जनाका दरले स्वयम्सेवक परिचालन हुने भएका छन् । जिल्लामा बदर मत् घटाउन जिल्लाभर १०२ मतदान केन्द्रमा मतदाता शिक्षा स्वयम्सेवक परिचालन गरिएको छ ।
जिल्लामा एक नगरपालिका सहित ५ ओटा गाउँपालिकामा चुनाव लक्षित गरेर प्रहरी, सेना सशत्र प्रहरी र म्यादी प्रहरीलाई मतदान केन्द्रमा पठाइसकेको जानकारी गराउदै चुनावलाई शान्त, मर्यादित र सभ्यरुपमा सम्पन्न गर्नका लागि जिल्लामा त्यही अनुसार सुरक्षा ब्यवस्था गरिएको डिएसपी बसुन्धरा खड्काले बताउनुभयो ।
म्याग्दीको निर्वाचनलाई सफल गराउन ६६० म्यादी प्रहरी पनि परिचालन गरिएको छ । निर्वाचनलाई ब्यवस्थि गर्न निर्वाचन सम्वन्धि तालिम दिएर प्रहरी पोशाकमा प्रहरीको जिम्मा लगाएर मतदान केन्द्रमा गस्ती गराउने, निर्वाचनस्थलमा मतदाता ब्यवस्थित गराउन म्यादी प्रहरी परिचालन गरिने डिएसपि खड्काले जानकारी दिनुभयो ।
जिल्ला निर्वाचन कार्यालयबाट आवश्यक मतपेटिका, मतपत्र र छाप सहित अन्य सामाग्री लिएर कर्मचारीहरु मतदान केन्द्रतिर जान सुरु गरेका छन् ।
जिल्लामा एक नगरपालिका, पाचँ गाउँपालिका ४५ ओटा वडा रहेको जिल्ला ७२ मतदान स्थल र १०६ मतदान केन्द्र रहेका छन् । जिल्लामा प्रतिनिधि सभा १ र प्रदेशसभातmर्फ २ निर्वाचन क्षेत्र रहेको जिल्लामा ७५ हजार ५३८ मतदाता रहेका छन् । २०७० सालको निर्वाचनपछिको ४ बर्षको अवधिमा १९ हजार मतदाता थपिएका छन् । बेनी नगरपालिका, रघुगंगा र अन्नपुर्ण गाउँपालिका समाबेश भएको प्रदेश सभाको क्षेत्र नम्बर १ मा ४२ हजार ९९३ जना मतदाता रहेको छ । मंगला, मालिका र धौलागिरि गाउँपालिका समावेश भएको प्रदेशसभाको क्षेत्र नम्बर २ मा ३२ हजार ५४५ जना मतदाता छन् ।
प्रतिनिधिसभामा एक र प्रदेशसभामा २ वटा निर्वाचन क्षेत्र रहेको म्याग्दीमा १३ जना चुनावी मैदानमा उत्रिएपनी बाम र लोकतान्त्रीक गठबन्धनका उमेद्वारबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । प्रतिनिधिसभामा एमालेका भुपेन्द्र थापा र नेपाली काँग्रेसका खम्बिर गर्बुजा, प्रदेशसभाको क्षेत्र क मा माओवादी केन्द्रका बिनोद केसी र राप्रपाका भिमप्रसाद गौचन, प्रदेशसभा क्षेत्र ख मा एमालेकी नरदेवी पुन र काँग्रेसका अमलाल फगामी प्रतिस्पर्धामा उत्रिएका छन् ।
धिरन खत्री
म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l