म्याग्दीको निर्वाचनमा सुरक्षा चुनौती बढ्यो, आबश्यक जनशक्ति परिचालन :प्रशासन
- २ मंसिर २०७४, शनिबार
- 4037 पटक पढिएको
म्याग्दी, २ मंसिर । निर्वाचन नजिकिएसंगै म्याग्दीमा सुरक्षा चुनौती बढेको छ । जिल्लाको सुरक्षा व्यवस्था मजबुत रहेको सुरक्षा अधिकारीहरुले बताईरहेका बेला बेनी नगरपालिका भित्रै भएको बम विष्फोटको घटनामा संलग्नहरुको पहिचान हुन सकेको छैन् ।
गत मंगलवार दिउँसो बेनीनगरपालिका–१ अर्जममा नेपाली काँग्रेसको चुनाबी प्रचार टोलीलाई लक्षित गरि माइन बम विस्फोट भएको थियो । बम विस्फोटले मानविय क्षती नभएपनि काँग्रेस नेताहरु सवार रहेको सो सवारी साधनको सिसाहरुमा सामान्य क्षती पु¥याएको थियो । निर्वाचनको मुखमा जिल्लामा नेत्रविक्रम चन्द नेतृत्वको नेकपाको लेटर प्याडमा गाउँ गाउँका विभिन्न दलका कार्यकर्ताहरुलाई निर्वाचनमा सक्रिय नहुन धम्कीपूर्ण पत्र पुगेको छ । नेकपाले आफ्नो लेटर प्याडको दुरुपयोग गरि कसैले अवान्छीत गतिविधि गरको बताईरहेपनि उक्त पत्रले समेत निर्वाचनको प्रचार प्रसारमा जुटेकाहरुलाई त्रसीत बनाएको छ ।
अर्कोतर्फ ईजाजत लिएर व्यक्तिगत हातहतियार राखेका सबै व्यक्तिहरुले जिल्ला प्रशासनलाई हतियार बुझाईनसकेको कारण पनि जिल्लामा सुरक्षा चुनौती बढीरहेको छ । प्रहरी नायब उपरिक्षक बसुन्धरा खड्काले बम विस्फोट लगायतका निर्वाचन विरोधी गतिविधिका घटनामा संलग्नहरुको खोजी कार्य भैरहेको बताउनुभयो । जिल्ला स्तर र केन्द्रिय स्तरबाटै आवश्यक जनशक्ति परिचालन गरि शंकास्पद व्यक्तिहरुमाथि निगरानी राखेर खोजी भईरहेको र पहिचान भएपछि कडा कारबाहि गरिने उहाँले बताउनुभयो । प्रहरीले सो घटनामा विप्लप नेतृत्वको नेकपाका कार्यकर्ताको संलग्न रहेको आशंका गरेको छ ।
प्रहरीले केही दिन अघि सो समूहका दुई जना कार्यकर्तालाई नियन्त्रणमा लिईसकेको छ । यस अघिका निर्वाचनमा निर्वाचन विथोल्न खोज्ने कार्यमा संलग्न भएको र यस पटकको निर्वाचनमा समेत सोही गतिविधि गर्न सक्ने भन्दै प्रहरीले विप्लप नेतृत्वका नेकपाका कार्यकर्ताहरुलाई पक्राउ गर्न थालेको छ । अर्जमको बम विस्फोट घटनापछि प्रहरी र जिल्ला सुरक्षा समितिले जिल्लाको सुरक्षा अबस्थालाई सुदृढ गराउन थप जनशक्ति परिचालन गरेको जनाएको छ । जिल्लालाई आबश्यक पर्ने जनशक्ति उपलब्ध भईसकेकाले अझै सकर्तकताका साथ सुरक्षा व्यवस्था मजबुत बनाईएको प्रनाउ खड्काले बताउनुभयो ।
निर्वाचनलाई लक्षित गरि जिल्लामा नेपाल प्रहरी, नेपाली सेना र शसस्त्र पहरीको टोलीलाई आबश्यक समन्वयको साथ त्रिकोणात्मक रुपमा परिचालन हुने प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद अधिकारीले जानकारी दिनुभयो । भौगोलिक बिकटता, नेकपाको प्रभाव क्षेत्र, दलहरुको प्रतिस्पर्धाको अवस्था लगायतका सुचकहरुको बिश्लेषण गरि शान्त र भयरहित वातावरणमा मतदान गर्ने वातावरण बनाउन सुरक्षा अबस्था चुस्त हुने प्रजिअ अधिकारीको भनाई छ । तस्बिर स्रोत गुगलबाट