निर्वाचन लक्षित सचेतनामुलक नाटक म्याग्दीमा

  • ३० कार्तिक २०७४, बिहीबार
  • धिरन खत्री
  • 2355 पटक पढिएको

म्याग्दी,३० कात्तिक । आगामी मंसिर १० गते हुने प्रतिनिधि र प्रदेश सभाको निर्वाचनलाई लक्षित गरेर सचेतनामुलक नाटक म्याग्दीमा प्रस्तुत गरिएको छ । उक्त नाटक जिल्ला निर्वाचन कार्यालयको आयोजना र धौलागिरि नाट्य समुह म्याग्दीको संयोजनमा प्रस्तुत गरिएको हो ।


आगामी निर्वाचनमा मतदाताले भोट हाल्ने तरिका, पालन गर्नुपर्ने नियम र भोट बदर नगराउने तरिकालाई लक्षित गरेर सचेतनामुलक नाटक जिल्लाको धौलागिरि, मालिका र मंगला गाउँपालिकामा प्रस्तुत गरिएको धौलागिरि नाट्य समुहका अध्यक्ष रवि कार्कीले बताए । उक्त नाट्य समुहले निर्वाचनलाई प्रभावकारी बनाउन बेनी नगरपालिका, रघुगंगा र अन्नपुर्ण गाउँपालिकामा आज प्रस्तुत गर्ने भएको छ ।


उक्त समुहले विभिन्न गाउँपालिकाको दुरदराजमा रहेका गाउँमा गएर उक्त सन्देसमुलक नाटक प्रस्तुत गरेर त्यहाँका मतदातालाई निर्वाचनमा अपनाउनु पर्ने भूमिकाबारे नाटकमा प्रस्तुत गरिएको थियो । आगामी निर्वाचनलाई शान्त रुपमा सम्पन्न गराउन गाउँगाउँमा मतदाता शिक्षा प्रभाकारी गराउन सन्देशमुलक अभियान जिल्ला निर्वाचन कार्यालयले संचालन गरेको हो ।

उक्त नाटकको लेखन तथा निर्देशन धौलागिरि नाट्य समुह म्याग्दीका अध्यक्ष तथा हास्यकलाकार रबि कार्कीले गरेका हुन् ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l