लोकतान्त्रिक गठवन्धनको भकिम्ली र सिंगामा चुनावि सभा सम्पन्न

  • २९ कार्तिक २०७४, बुधबार
  • 2051 पटक पढिएको

म्याग्दी, २९ कात्तिक । लोकतान्त्रिक गठवन्धनको तर्फबाट प्रतिनिधि सभाका उम्मेदवार एवम् नेपाली कांग्रेस म्याग्दीका सभापति खमवीर गर्वुजाले नेपालको विकास र समृद्धिका लागि लोकतान्त्रिक गठवन्धनको विकल्प नभएको बताए ।लोकतान्त्रिक गठबन्धनले बेनी नगरपालिका ३ भकिम्लीमा आयोजना गरेको चुनावि सभामा बोल्दै लोकतान्त्रिक गठबन्धनको तर्फबाट प्रतिनिधि सभाका उम्मेदवार गर्वुजाले मुलुकको विकास र निकासका लागि नेपाली कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठवन्धनको विकल्प नभएको बताएका हुन ।

कम्युनिष्टहरु सस्तो लोकप्रियता आर्जन गर्नका लागि विकासका गुलिया आश्वासनहरु बाढ्दै हिडेका बताउँदै गर्वुजाले म्याग्दीका जनताहरुलाई बिभिन्न प्रलोभन देखाई करिव २० वर्ष सम्म कम्युनिष्टहरुले जनतालाई झुक्काएकाले म्याग्दीको बिकास निर्माण,सडक ,रोजगार,कृषि, पर्यटन,जडिबुटी बिद्युत, संचार, संस्कृति लगायत जनताको माग अनुसारको बिकास गर्नलाई म उम्मेदवार बनेको बताए ।सोही कार्यक्रममा निबर्तमान सांसद रेशमबहादुर बानियाँले आफु संसदमा हुदा म्याग्दीको बिकास निर्माणका योजनाहरु जति पनि सम्पन्न भए र नभएको योजनलाई पुुरा गरि म्याग्दीलाई समृद्ध म्याग्दी बनाउनको लागि लोकतान्त्रीक गठबन्धनलाई मतदान गर्न आग्रह गरे । भकिम्लीमा जनता आवास कार्यक्रम,जयन्ति माविको भवन पुननिर्माणका लागि ४० रुपैयाँ बजेट विनियोजन लगाएतका काममा आफ्नो सक्रिय योगदान रहेको बताए ।

प्रदेश सभा ‘क’का सदस्यका उम्मेदवार भीमप्रसाद गौचनले नेपालमा कम्युनिष्टहरुले सत्ता संचालन गरेकोले देश ५० वर्ष पछि परेको बताउदै म्याग्दी जिल्लामा आफुले गरेका कार्यहरुलाई सम्झीदै, लोकतान्त्रीक गठबन्धनलाई जिताउनु भयो भने पाचँ वर्षमा म्याग्दीका हरेक सडक,ग्राबिल गर्ने र सडकको पहुचँ राम्रो भए मात्र अन्य बिकासले फड्को मार्ने  आश्वसन दिएका थिए ।

कार्यक्रममा नेपाली कांग्रेस म्याग्दीका सचिव एवं बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठ,नेपाली कांग्रेस म्याग्दीका भूतपूर्व सहसभापति नेत्रवहादुर महतले लोकतान्त्रिक गठवन्धनका उम्मेदवारहरुलाई मतदान गर्न आग्रह गर्नुभएको थियो । कार्यक्रममा बेनी नगरपालिकाका उपमेयर संजु बरुवाल र राप्रपा म्याग्दीका अध्यक्ष विरवहादुर थापा क्षेत्रीको पनि उपस्थिति रहेको थियो ।कार्यक्रम नेपाली कांग्रेस वडा सभापति क्या. जसवहादुर पुनको अध्यक्षता, चित्रा रोकाको स्वागत र मनवहादुर पुनको  संचालनमा सम्पन्न भएको थियो ।