वामगठबन्धनको चुनावी आमसभा बेगमा सम्पन्नः मुलुकलाई समृद्ध बनाउन बामगठबन्धनलाई बहुमत आवश्यक
- २९ कार्तिक २०७४, बुधबार
- धिरन खत्री
- 2527 पटक पढिएको
म्याग्दी,२९ कातिक । मंसिर १० गते हुने प्रतिनिधि र प्रदेश निर्वाचनलाई लक्षित गरेर वामगठबन्धनले चुनावी आमसभालाई तिव्रता दिएको छ । नेकपा एमाले र नेकपा माओवादीको सयुक्त बामगठबन्धनको मुल टोलीले रघुगंगा गाउँपालिका वडा १ बेगमा चुनावी आमसभा सम्पन्न गरेको छ ।
चुनावी आमसभामा बोल्दै प्रतिनिधि सभाका उम्मेदवार भुपेन्द्र थापाले देशमा राजनीतिक स्थिरता, स्थायी नीति, समृद्ध देश, स्वाभिमान नागरिक र युवा स्वारोजगार ब्यवस्थाका लागि वामगठबन्धनको बहुमत देशमा आवश्यक रहेको बताउनुभयो । जिल्लाको विकासलाई पुर्णता दिन र पर्यटन, जलविद्युत, कृषि र जडिबुटीको सदुपायोग गरि स्वदेशमै युवा रोजगार सिर्जना गर्न बामगठबन्धनलाई भोट गरि अत्याधिक बहुमतले विजय गराउन बेगबासीलाई थापाले आग्रह गरेका थिए । संविधानको मुख्य कार्यभार देशलाई समृद्ध बनाउने भएको हुदा यसलाई संस्थागत गर्न बामगठबन्धन सरकार आवश्यक रहेको बताए ।
आमसभामा बोल्दै प्रदेश क्षेत्र नम्बर १ का उम्मेद्वार विनोद केसीले जिल्लाको जनताको आधारभूत आवश्यकताल सडक शिक्षा, खानेपानी र भौतिक पुर्वाधारलाई दिगो बनाउनका लागि जिल्लामा भएको स्रोतसाधनलाई ब्यवस्थित प्रयोग गर्ने योजना तथा नीति ल्याउर्ने प्रतिबद्धता ब्यक्त गरे । जनताको चाहना अनुसार संविधान कार्यान्वयन, गणतन्त्र रक्षा र समृद्धिका स्थाथी सरकार निर्माणका लागि बामगठबन्धनलाई भोट गर्न आग्रह गरे ।
त्यस्तै आमसभामामा समानुपातिक उम्मेदवार थममाया थापा, पुर्व योजना आयोगका उपाध्यक्ष मिनबहादुर श्रेष्ठ, नेकपा एमालेका जिल्ला सचिव बालकृष्ण सुवेदी, टेक विश्वकर्मा, सन्तोष रावल लगायतलका नेताले मुलुकको विकास निर्माणलाई पुर्णता दिनका लागि बामगठबन्धनलाई जिताउन बेगबासीलाई आग्रह गरेको थिए ।
बामगठबन्धनका युवा संघ, वाइसिल र विद्यार्थीका नेता तथा कार्यकता उपस्थित भएको आमसभामा नेकपा एमालेका वेगका वडा अध्यक्ष लालसिङ पुनको अध्यक्षता, भविन्द्र पुनको स्वागत मन्तव्य रहेको कार्यक्रममको संचानल युवा नेता सुवास विश्कर्माको गरेका थिए ।
धिरन खत्री
म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l