ब्रेनट्युमर भएका कृषको उपचारका लागि बराईनबाट ७७ हजार आर्थिक सहयोग
- २९ कार्तिक २०७४, बुधबार
- 1999 पटक पढिएको
म्याग्दी,२९ कात्तिक । म्याग्दीको बेनी नगरपालीका ९ घतानका ब्रेनट्युमर भएका आठ बर्षिय बालक कृष चोखालको उपचारका लागी बराईनबाट ७७ हजार आर्थिक सहयोग भएको छ ।
ब्रेन ट्युमर भएका बालकका उपचारका लागि म्याग्दी उद्धार समिति बराईनको सक्रियतामा ७७ हजार पाँच सय रुपैयाँ आर्थिक सहयोग संकलन भएको थियो । रोजगारको शिलशिलामा बहराईनमा रहेका दिनेश बस्नेतको संयोजकत्वमा संकलन भएको रकम उपचारत बालकको घरमै गएर हस्तातरण गरिएको थियो । सो सहयोग परिवारका सदस्य र कृष बचाउ अभियानका संयोजक तेजेन्द्र बानियाँलाई हस्तान्तरण गरिएको थियो । सो अभियान काउलेगौडा युवा क्लवले पनि सञ्चालन गरेको थियो ।
कृष चोखालको उपचारका लागिा क्लवले अहिलेसम्म साढे दुइलाख संकलन गरेको छ । भने बालकको उपचारलाई सफल बनाउन सबै क्षेत्रबाट मानविय सहयोग गरिदिन पनि संयोजक तेजेन्द्र बानियाले आग्रह गरेका छन् । समाजसेवामा सक्रिय क्लवले यस अघिपनि आर्थिक अवस्था कमजोर भएका परिवारका लागि मानविय सेवा गर्दै आएको छ ।
बालकको उपचार काठमाण्डौ क्यान्सर सेन्टर अस्पताल भक्तपुरमा भईरहेको छ । घरको आर्थिक अवस्था कमजोर भएको कारण र बालकको उपचारमा १० लाख भन्दा बढी लाग्ने भएकोले कृष बचाउ अभियान सुरु गरेका हुन् ।