क्रिसको उपचारका लागि बहराईनमा साढे सतहत्तर हजार संकलन

  • २८ कार्तिक २०७४, मंगलवार
  • सन्तोष गौतम
  • 3139 पटक पढिएको

बेनी, २८ कात्तिक । ब्रेन ट्युमरबाट थलिएका बेनी नगरपालीका ९ काउलेगौडाका क्रिस चोखालको उपचारका लागि बहराईनमा ७७ हजार ५०० रुपैया संकलन भएको छ ।

कृष्णबहादुर र माया चोखालका ८ वर्षिय क्रिसको घरपरिवारको कमजोर आर्थिक अवस्थाका कारण उपचारमा समस्या भएपछि काउलेगौडा युवा कल्वले अभियान सुरु गरेको थियो । सो अभियान अन्तरगत म्याग्दी उद्दार समिति बहराईन र समितिका आकस्मिक कोष संयोजक दिनेश बिष्टको पहलमा संकलन भएको सो रकम मंगलबार नेपाल पठाइएको छ ।

म्याग्दी उद्दार समिति बहराईनले दश हजार र बहराईनमा कार्यरत म्याग्देली तथा नेपालीहरुबाट ६७ हजार पाँच सय रुपैया जुटाइएको थियो । हाल भक्तपुर अस्पतालमा उपचार गराईरहेका क्रिसको आफन्तलाई सो रकम उपलब्ध गराउने व्यवस्था मिलाइएको छ । २०१७ नोभेम्बर १० गते समितिका अध्यक्ष लोक राम्जालीको अध्यक्षतामा बसेको बैठकले क्रिस बचाउ अभियानलाई सहयोग जुटाउने निर्णय गर्दै काउलेगौडा घर भएका बस्नेतलाई संयोजनको जिम्मेवारी दिइएको थियो ।

संरक्षण गोरख राम्जाली, प्रमुख सल्लाहकार एवम् एनआरएनए बहराईनका अध्यक्ष लालप्रसाद पुन, बरिष्ठ सल्लाहकार छबिलाल बिक, बिशिष्ट सल्लाहकार राजाराम सुवेदी, सल्लाहकार भरत रत्न, प्रथम उपाध्यक्ष खड्गकुमार तिलीजा, महासचिव भक्त सिन्किजा पुन, कोषाध्यक्ष अमन पुन, सचिव सुरेश गर्बुजा, कार्यकारीणी संयोजक रामचन्द्र पौडेल, सहकोषाध्यक्ष ज्ञान पुन मगर, व्यवस्थापन सहसचिव रमेश केसी, खेलकुद सहसचिव आनन्द बानिया, धनबहादुर कार्की, गोकुल राइ, खेलकुद सचिव टिका केसी, लालबहादुर भण्डारीको उपस्थितीमा बिष्टलाई रकम हस्तान्तरण गरिएको थियो ।

सोही बैठकमा दुवै मृगौलाले काम गर्न छाडेपछि थलीएकी मंगला गाउँपालीका २ सल्यानकी टिकाकुमारी शर्माको उपचारका लागि रामचन्द्र पौडेलको पहलमा संस्थाबाट दश हजार साथै उपस्थितीहरुबाट सात हजार ८५० रुपैया पौडेललाई हस्तान्तरण गरिएको थियो । म्याग्दी उद्दार समिति बहराईनका अध्यक्ष लोक राम्जालीले कमजोर आर्थिक अवस्थाका कारण उपचारबाट बञ्चित रहेका म्याग्देलीलाई समितिले सक्दो सहयोग गर्ने बताउनुभयो ।

सन्तोष गौतम