वामगठबन्धनको रत्नेचौरमा आमसभाः समृद्ध देश निर्माणका लागि गठबन्धनलाई बहुमत आवश्यक

  • २४ कार्तिक २०७४, शुक्रबार
  • धिरन खत्री
  • 3161 पटक पढिएको

म्याग्दी,२४ कात्तिक । आगामी मंसिर १० गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मिति नजिकिएसंगै बाम गठबन्धनले चुनावी आमसभालाई तिव्रता दिएको छ। नेकपा एमाले र नेकपा माओवादी केन्द्रको सयुक्त वामगठबन्धन चुनावी आमसभा शुक्रबार बेनी नगरपालिका १ रत्नेचौरमा सम्पन्न भएको छ ।


आमसभालाई सम्बोधन गर्दै नेकपा एमाले बैकल्पिक केन्द्रिय सदस्य तथा प्रतिनिधि सभाका उम्मेद्वार भुपेन्द्र थापाले देशमा राजनीतिक स्थिरता, स्थायी नीति, समृद्ध देश, स्वाभिमान नागरिक र युवा स्वारोजगार ब्यवस्थाका लागि वामपन्थिलका जित आवश्यक रहेको बताउनुभयो । जिल्लाको विकासलाई पुर्णता दिन र पर्यटन, जलविद्युत, कृषि र जडिबुटीको सदुपायोग गरि स्वदेशमै रोजगार सिर्जना गर्न बामगठबन्धनलाई भोट हाल्न रन्तेचौरबासीलाई आग्रह गरेका थिए । संविधानको मुख्य कार्यभार देशलाई समृद्ध बनाउने भएको हुदा यसलाई संस्थागत गर्न बामगठबन्धन भएको बताउनुभयो । त्यस्तै कार्यक्रममा बौल्दै प्रदेश क्षेत्र नम्बर १ का उम्मेद्वार विनोद केसीलेसडक शिक्षा, खानेपानी र भौतिक पुर्वाधार निर्माण लागि जिल्लामा भएको स्रोतसाधनलाई ब्यवस्थित प्रयोग गर्ने वातावरण सिर्जना गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो।


त्यस्तै आमसभामा समानुपातिक उम्मेद्वार तथा नेकपा एमाले पोलिटब्युरो सदस्य थममाया थापा देशको संविधान, गणतन्त्र रक्षा र समृद्धिका स्थाथी सरकार निर्माणका लागि बामगठबन्धन भएको बताउनुभयो । त्यस्तै आमसभामा पुर्व योजना आयोगका उपाध्यक्ष मिनबहादुर श्रेष्ठ, नेकपा एमालेका जिल्ला अध्यक्ष हरिकृष्ण श्रेष्ठ, नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक गोविन्द्र पौडेल, नकपा एमालेका प्रदेश क्षेत्र नम्बर १ का संयोजक सन्तोष रावल लगायतले देशको विकास निर्माणलाई पुर्णता दिन स्थायी नीति आवश्यक रहेको हुदाँ जनताको चाहना अनुसार निर्माण गर्न बामगठबन्धन भएको हुदाँ अत्याधिक मतले आफ्नै भुमिमा जन्मेको प्रतिनिधिसभाको उम्मेद्वार सहितको बामगठबन्धनलाई विजयी गराउन रत्नेचौरबासी लाग्नुपर्नेमा सबैले जोड दिएका थिए।


नेकपा एमालेका वडा कमिटिका अध्यक्ष पदमबहादुर रावलको अध्यक्षता, वडा अध्यक्ष टेकबहादुर रावलको स्वागत, नेकपा माओवादीका जिल्ला सदस्य सुवास विश्वकर्माको संचालनमा भएको कार्यक्रममा जिल्लाका नेता तथा कार्यकता र रत्नेचौरबासीको बाख्लो उपस्थितमाझ विविध सास्कृतिक कार्यक्रम प्रस्तुत रहेको थियो ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l