म्याग्दीअनलाईन कर्मी बुढाथोकीलाई पीतृशोक
- २४ कार्तिक २०७४, शुक्रबार
- म्याग्दी अनलाईन
- 4011 पटक पढिएको
म्याग्दी, २४ कात्तिक । म्याग्दीअनलाईनकर्मी हिरा बुढाथोकीलाई पीतृशोक परेको छ । म्याग्दीको धौलागिरी गाउँपालिका– ५ मल्कबाङको भेडीखाल्टा घर भई हाल तनहुँको दुलेगौंडामा बस्दै आउनुभएका बुढाथोकीका बुबा दलबहादुर बुढाथोकीको बुधवार निधन भएको हो ।
सामाजिक व्यक्तित्वको रुपमा पहिचान बनाएका ६५ बर्षिय बुढाथोकीको निधनप्रति म्याग्दीअनलाईनले गहिरो दुख व्यक्त गरेको छ । अनलाईनका संयोजक देवान छन्त्यालले दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै अनलाईनका संवाददाता समेत रहेका सामाजिक क्षेत्रमा सक्रिय युवा हिरा बुढाथोकीको परिवारमा आईपरेको यस शोकको घडीमा धैर्य धारण गर्ने शक्ति प्रदानको कामना गर्नुभएको छ ।
