लोकतान्त्रीक गठबन्धनको भकिम्लीमा आमसभा

  • १७ कार्तिक २०७४, शुक्रबार
  • 2883 पटक पढिएको

म्याग्दी,१७ कार्तिक । लोकतान्त्रिक गठबन्धनले बेनी नगरपालिका वडा ३ भकिम्लीमा आमसभा र अगुवा कार्यकर्ता भेटघाट सम्पन्न गरेको छ । आम सभालाई सम्बोधन गर्दै प्रदेश सभा १ का सदस्यका उमेद्वार भिमप्रसाद गौचनले नेपालको राष्ट्रियता जोगाउन र नेपाललाई समृद्ध बनाउनको लागि लोकतान्त्रीक गठबन्धनलाई मतदान गर्न आग्रह गर्नुभएको छ ।

कार्यक्रममा बोल्दै प्रदेश सभा समानुपातिक उमेद्वार नेपाल महिला संघ म्याग्दीकी अध्यक्ष बिमला गौचनले नेपालको चौतर्फी बिकासको लागि लोकतन्त्रीक गठबन्धनको आवश्यकताको महशुस गरेका जनताले चाहेको जस्तै भएको र नेपाली कांग्रेसको नेतृत्वमा जारी भएको संविधान संसोधन, कार्यन्वयन, संगै मुलुकलाई आर्थिक समृद्धितिर लैजानको लागि लोकतान्त्रीक गठबन्धनलाई मतदान गर्नुपर्ने बताउनु भएको छ ।

नेपाली कांग्रेस भकिम्ली गाउँईकाई समितिका सभापति क्या जसबहादुर पुनको सभापतित्व,सचिव मनबहादुर पुनको संचालन राप्रपा भकिम्ली ईकाईका सभापति तिलराम थापाको स्वागतमा भएको कार्यक्रममा नेपाली कांग्रेसका महाधिबेशन प्रतिनिधि तथा युवा नेता भरत बहादुर रकाल, राप्रपाका जिल्ला अध्यक्ष विरबहादुर थापा, नेपाली कांग्रेस जिल्ला सदस्यद्धय मनकुमारी बिक, अजयमिलन श्रेष्ठ, राप्रपाका पूर्वकेन्द्रीय सदस्य एकेन्द्र रावल,जिल्ला सचिव दलकिशोर बानियाँ लगायतले बोलेका थिए ।