निर्वाचनलाई सफल बनाउन पत्रकारको भूमिका महत्वपुर्ण

  • १७ कार्तिक २०७४, शुक्रबार
  • धिरन खत्री
  • 2699 पटक पढिएको

म्याग्दी,१७ कात्तिक । मंसिर १० गते हुन लागेको प्रदेश र प्रतिनिधि सभा सदस्य निर्वाचनलाई शान्त रुपमा सफल बनाउन पत्रकारको भूमिका महत्वपुर्ण हुने जनाएका छन् । निर्वाचनलाई केन्द्रविन्दूमा राखेर जनतामाझ मुलको पानी जस्तै सहि सूचना प्रवाह गर्न प्रशिक्षण कार्यक्रममा बोल्ने बतmाहरुले संचारकर्मीलाई आग्रह गरेको हुन ।


जिल्ला निर्वाचन कार्यालय म्याग्दीद्धारा जिल्लाका क्रियाशिल पत्रकारलाई एकदिने निर्वाचन सम्बन्धी प्रशिक्षण कार्यक्रममा बोल्दै मुख्य निर्वाचन अधिकृत राजकुमार कोइरालाले निर्वाचनलाई निष्पक्ष बनाउन संचारक्षेत्रमा कार्यरत पत्राकारको भुमिका महत्वपुर्ण रहेको बताउनुभयो । त्यस्तै प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारीले शान्त वाताबरणमा निर्वाचनलाइ सम्पन्न गराउन सरोकारवाला तथा पत्रकारको महत्वपुर्ण भूमिका महत्वपुर्ण हुने बताउनुभयो । मुलको पानी जस्तै जनतामाझँ सहि सुचना सम्पे्रषण गर्न सम्बन्धित क्षेत्रमा पुगेर सूचर्नो लिन आग्रह गर्नुभयो ।


सो कार्यक्रममा विभिन्न संचार क्षेत्रमा कार्यरत पत्रकार÷संचारकर्मीकोसहभागिता रहेको कार्यक्रममा नेपाल पत्रकार महासंघ, म्याग्दी शाखाका अध्यक्ष तारानाथ शर्मा, नागरिक समाज म्याग्दीका अध्यक्ष सुदर्शनकुमार श्रेष्ठले निर्वाचन सम्वन्धि पत्रकारले पालना गर्नुपर्ने आचारसहिता, कानुनी ब्यवस्था, भोट गर्ने तरिका लगायतको शिषर्कमा रहेर सहजिकरण गरेको थिए ।


प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारीको अध्यक्षता, जिल्ला निर्वाचन कार्यालय म्याग्दीका निर्वाचन अधिकृत केदारनाथ पौडेलको स्वागत मन्तव्य रहेको कार्यक्रवmमको संचालन सुचना अधिकृत बलबहादुर खत्रीले गरेका थिए ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l