म्याग्दी उद्योग वाणिज्य संघको पदभार ग्रहण
पाँच सदस्य र सात जना आमन्त्रीत सदस्य मनोनित
- १५ कार्तिक २०७४, बुधबार
- सन्तोष गौतम
- 2005 पटक पढिएको
म्याग्दी १५ कात्तिक । म्याग्दी उद्योग वाणिज्य संघको नवौ अधिवेशनबाट निर्वाचित कार्यसमितिले बुधबार पदभार सम्हालेका छन् ।संघको बैठकले पदाधीकारमिा पदबिभाजन, पाँच जना सदस्य र सात जना आमन्त्रीत सदस्य मनोनित गरेको छ । बरिष्ठ उपाध्यक्षमा बेलबहादुर कटुवाल, प्रथम उपाध्यक्षमा सुविन श्रेष्ठ, दितृय उपाध्यक्षमा राजेश शाक्य , महासचिवमा लिलाराम गौतम, सचिवमा सुवर्ण रिजाल, कोषाध्यक्षमा अमित बानिया, सहकोषाध्यक्षमा सुमन श्रेष्ठ र सहसचिवमा नारायण जिसी चयन हुनुभएको छ ।
यसैगरी नहकुल ढकाल, मोतीलाल पौडेल, भोजबहादुर रिजाल, यज्ञराज थापा र बमबहादुर केसी कार्यसमिति सदस्यमा मनोनित हुनुभएको छ । मित्रलाल अधिकारी, जिवन गौतम, दशरथ कर्माचार्य, सुन्दर केसी, दिनेशकुमार बराल, नारायण शर्मा, एकराज चापागाई र अमर पाण्डेलाई आमन्त्रीत सदस्यमा मनोनीत गरिएको संघले जनाएको छ ।
शनिबार सम्पन्न संघको अधिवेशनबाट २७ सदस्यीय कार्यसमिति निर्वाचीत भएको थियो । संघको निवर्तमान अध्यक्ष जिवनबहादुर विश्वकर्मा रहनुभएको छ भने दरवाङ ईकाईका सभापती गोविन सिउथानी, महिला उद्यम विकास समितिका सभापती सुनिता केसी र बस्तुगततर्फबाट पुस्तक व्यवसायी संघका प्रतिनिधि पदेन सदस्य रहेका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा संघका पुर्व अध्यक्ष प्रमोदकुमार श्रेष्ठ, पुर्व अध्यक्ष कुबिर श्रेष्ठ, सुर्दशनकुमार श्रेष्ठ लगायतले कार्यक्रममा शुभकामना मन्तब्य व्यक्त गर्नुभएको थियो । नवनिर्वाचित अध्यक्ष कर्माचार्यले उद्योगी, ब्यापारीको हक, हित र प्रर्वद्धनका साथै सामाजिक क्रियाकलामा स्थानीय सरकार र सरोकारवालाहरुसंग सहकार्य गरेर अघि बढ्ने बताउनुभयो ।