मालीका गाउँपालीकाको तिन वटा वडालाई साक्षर घोषणा

  • १४ कार्तिक २०७४, मंगलवार
  • 2789 पटक पढिएको

 

म्याग्दी,१४ कात्तिक । म्याग्दीको मालीका गाउँपालीकाको तिन वटा वडालाई साक्षर घोषणा गरिएको छ । १ नम्बर वडा निस्कोटलाई सोमबार, २ र ३ नम्बरमा पर्ने साविकको रुम गाविसलाई मंगलबार साक्षर घोषणा गरिएको हो ।

तिन वटै वडामा बसोबास गर्ने १५ देखि ६० वर्ष उमेर समूहका ९५ प्रतिशत भन्दा बढी नागरीकले अंक अक्षर लेखपढ गर्न सक्ने भएपछि साक्षर वडा घोषणा गरिएको जनाइएको छ । जिल्ला शिक्षा कार्यालयको तथ्याङक अनुसार साविक निस्कोटका ९५.४७ र रुमका ९५.२७ प्रतिशत नागरीक साक्षर रहेका छन् ।

यो सहित हालसम्म म्याग्दीका ४५ मध्य २५ वटा वडा साक्षर घोषणा भएको छ । मालीका गाउँपालीकाका उपाध्यक्ष खरमाया बिटालु, गाउँपालीकाको शिक्षा उपसमितिका संयोजक तथा १ नम्बर वडा अध्यक्ष टंक पुन, २ का नरबहादुर पुन र ३ का हेम पुन, विद्यालय निरिक्षक रामकरण पाल र स्रोत व्यक्ति तेजप्रसाद लामीछानेको उपस्थितीमा घोषणा कार्यक्रम सम्पन्न भएको हो ।

सो कार्यक्रममा विद्यार्थीहरुले ¥याली निकालेका थिए । म्याग्दीलाई आगामी माघ ८ गते साक्षर जिल्ला घोषणा गर्ने जिल्ला अनौपचारीक शिक्षा समितिको बैठकले निर्णय गरेको छ । जिल्ला अधि स्थानीय तह र वडाहरुलाई साक्षर घोषणालाई तिब्र बनाइएको जिल्ला शिक्षा अधिकारी रामकुमार श्रेष्ठले बताउनुभयो ।