पश्चिम म्याग्दीमा लोकतान्त्रिक गठबन्धन घरदैलोमा व्यस्त

  • १० कार्तिक २०७४, शुक्रबार
  • 2559 पटक पढिएको

म्याग्दी, १० कात्तिक । काँग्रेसको नेतृत्व लोकतान्त्रिक गठबन्धक प्रदेश सभा क्षेत्र न २ पश्चिम म्याग्दीको चुनावी टोलीले आफ्नो अभियानलाई तिब्र गराएको छ । मङगलबार देखी सुरु गरेको चुनावी आमसभा तथा घरदैलो कार्यक्रमलाई निरन्तरता दिएको छ । आज अभियानमा रहेको टोलीले धौलागीरी गाउँपालिका–६ मुदी र मुनामा घरदैलो तथा चुनावी प्रचार प्रसार उप समितीमा प्रचार संमयोजक रहने गरी लोकतान्त्रिक गठबन्धनलाई जिताउन संगठन विस्तारलाई तिब्र बनाएको मालिका गाउँपालिकाका प्रमुख श्रीप्रसाद रोकाले बताए ।

त्यस्तै प्रदेश सभा (ख)का लोकतान्त्रिक गठबन्धनका नेपाली काँग्रेका उम्मेदवार अमलाल फगामीले आफुले जनताको लागी आफु सधै एकचित्त भएर सेवमा लाग्ने बताएका छन् । उक्त टोलीमा जिल्ला कार्य समितिका सचिव क्या मिन बहादुर कार्की सदस्य रेक पुन दलित संघका जिल्ला अध्यक्ष थमन घिमिरे विश्वकर्मा लगाएताको टोेली रहेको छ ।