दाना र नारच्याङमा बाम गठबन्धनको संयुक्त चुनाव प्रचार समिती गठन
- १० कार्तिक २०७४, शुक्रबार
- 2547 पटक पढिएको
म्याग्दी,१० कात्तिक । म्याग्दीको अन्नपूर्ण गाउँपालीका ३ दाना र ४ नारच्याङमा आसन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचनलाई लक्षित गरेर एमाले र माओवादी केन्द्रको संयुक्त चुनाव प्रचार समिति गठन भएको छ ।
दानामा जितबहादुर पुर्जाको संयोजकत्वमा १५१ सदस्यीय र नारच्याङमा रोम बुद्धुजाको संयोजकत्वमा १५३ सदस्यीय संयुक्त चुनाव प्रचार समिति गठन भएको हो । समितिमा एमाले माओवादीको वडा कमिटिका पदाधीकारी, सदस्य, जनवर्गीय संगठनका अध्यक्ष र सदस्यहरु रहेका छन् ।
कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा बाम गठबन्धनका साझा उमेद्वार माओवादी केन्द्रका बिनोद केसीले निती निर्माण तहमा युवाको भावना समेट्न र जिल्लाको प्राकृतिक स्रोत साधनलाई व्यवस्थित गरी रोजगारी सिर्जना गर्ने वातावरण बनाउन प्राथमिकता दिने बताउनुभयो ।
एमालेका सचिवालय सदस्य कुलबिर राम्जाली, नारायण पुन, माओवादी केन्द्रका नेता सुवास बिक, सुदिन पौडेल लगायतले नेपालमा राजनितिक स्थायीत्व, सामाजिक परिर्वतन, विकास र समृद्धीका लागि बाम गठबन्धनलाई जिताउनुपर्ने बताउनुभयो ।