दलित मुक्ति मोर्चाका चुनाव परिचालन गठन
- ८ कार्तिक २०७४, बुधबार
- 3225 पटक पढिएको
बेनी ८ कात्तिक । (नेकपा माओवादी¬) केन्द्र निकट नेपाल राष्ट्रिय मुक्ति मोर्चाको बुधबार बेनीमा बसेको बैठकले पदम किसानको अध्यक्षतामा २५ सदस्यीय जिल्ला स्तरीय मोर्चाको निर्वाचन परिचालक कमिटि गठन गरेको छ । प्रतिनिधिसभामा माओवादी केन्द्रका समानुपातीक उमेद्वार तथा मोर्चाका केन्द्रिय सचिवालय सदस्य टेकबहादुर बिक (सुवास)को प्रमुख आतिथ्यतामा बसेको बैठकले एमाले माओवादी केन्द्रका साझा बाम उमेद्वारलाई जिताउन प्रचारप्रसार अभियान चलाउने निर्णय गरेको छ ।
कमिटिको सदस्यहरुमा झकल बिक, खड्गबहादुर परियार, बिदुर बिक, सेते किसान, बुद्धबिर किसान, विरबहादुर किसान, मिनबहादुर किसान, लालकुमारी रामदाम, माया परियार, राजकुमारी परियार, बेगबहादुर घर्तीमिरे बिक, चित्रबहादुर बिक, हर्कलाल परियार, यामबहादुर बिक, भिमबहादुर बिक, गोपाल परियार, सजिना किसान, गोविन्द परियार, पृथलाल बिक, लालमाया बिक, राम्जि परियार, मिनबहादुर परियार, थमबहादुर बिक, र लालबहादुर श्रीपाली रहनुभएको छ ।
बैठकले मोर्चाको बेनी नगर परिचालन कमिटिको संयोजकमा बिरबहादुर किसान, मंगला गाउँपालीकामा यामबहादुर बिक, मालीकामा हर्कलाल परियार, धौलागिरीमा लालबहादुर श्रीपाली, अन्नपूर्णमा थमबहादुर बिक र रघुगंगामा गोपाल परियारलाई संयोजक तोकेको छ । यसैगरी बुधबारनै बेनीमा मगर मुक्ति मोचाका केन्द्रिय सदस्य भुपेन्द्र बुढाथोकीको प्रमुख आतिथ्यतामा बसेको मोर्चाको बैठकले बाम गठबन्धनका उमेद्वारलाई जिताउन ७ सदस्यीय जिल्ला स्तरीय चुनाव परिचालन गठन गरेको छ ।
होमलाल पुनको संयोजकत्वमा गठन भएको मुल कमिटि अन्तरगत मंगला गाउँपालीकामा यामबहादुर रोका, बेनी नगरपालीकाका नरबहादुर थापा (निशान), तोपबहादुर पुन र खिमबहादुर पुन, अन्नपूर्ण गाउँपालकिामा पूर्ण पाईजा र रघुगंगा गाउँपालीकामा भविन्द्र शेरपुञ्जालाई संयोजक तोकेको छ ।