प्रशासनद्धारा हतियार बुझाउन आग्रह

  • ८ कार्तिक २०७४, बुधबार
  • 2411 पटक पढिएको

म्याग्दी ८ असोज । जिल्ला प्रशासन कार्यालय म्याग्दीले आगामी मंसिर १० गते पहिलो चरणमा हुन लागेको प्रदेश र प्रतिनिधिसभा निर्वाचनको सुरक्षालाई मध्यनजर गर्दै हतियार बुझाउन सर्वसाधारणलाई आग्रह गरेको छ ।

बुधबार सार्वजनीक सूचना जारी गर्दै प्रशासनले प्रतिनिधि र प्रदेशसभा निर्वाचनलाई भयरहित, शान्तिपूर्ण र निष्पक्ष रुपमा सम्पन्न गर्न कानुन बमोजिम ईजाजत पत्र लिई हातहतियार राखेका व्यक्तिहरुले कात्तिक १५ गतेभित्र प्रहरीलाई बुझाउ आग्रह गरेको हो ।

नजिकको प्रहरी कार्यालय मार्फत हतियार बुझाउन सकिने र निर्वाचन सकिएपश्चात फिर्ता गरिने सहायक प्रमुख जिल्ला अधिकारी यादवनाथ आचार्यले जानकारी दिनुभयो । साथै प्रशासनले निर्वाचन अवधिभर कुनै पनि प्रकारको हात हतियार, बिस्फोटक पदार्थ वा बिषालु पदार्थ, लाठी भाला, खुकुरी जस्ता हात हतियार लिएर हिडडुल गर्न गराउन वा प्रर्दशन गर्न निषेध गरेको जनाएको छ ।

घरेलु मदिरा वा मदिरा जन्य पदार्थको उत्पादन र बिक्री वितरणमा समेत रोक लगाइएको जानकारी गराउदै सूचनाको अवज्ञा गर्नेलाई कानुन अनुसार कारबाही गरिने प्रशासनले जनाएको छ