सिद्धिबिनायक सहकारीको चौथो साधारणसभा सम्पन्न
- ३० आश्विन २०७४, सोमबार
- 1899 पटक पढिएको
सिद्धिबिनायक बचत तथा ऋण सहकारी संस्था लिमिटेड बेनीको चौथो साधारणसभा शनिबार बेनीमा सम्पन्न भएको छ । सहकारीका अध्यक्ष भरतबहादुर रकालको अध्यक्षतामा भएको कार्यक्रममा सहकारीले एकबर्षदेखि गर्दै आएको विविध गतिविधीका विषयमा छलफल भएको थियो । अध्यक्ष रकालले स्थापना भएको छोटो समयमै संस्थाले उत्साहजनक प्रगति गरिरहेको बताए ।
सहकारीका सहसचिब निर्मल खत्रीले स्वागत गरेको कार्यक्रममा शेयर सदस्यहरुको तर्फबाट शेयर सदस्य दिवाकर सुवेदी लगायतले मन्तव्य व्यक्त गरेका थिए । २०७० सालमा स्थापना भएको सहकारीले ३ करोड ८१ लख ४१ हजार रुपैयाँ निक्षेप संकलन गरेको थियो ।
साधारणसभाले अध्यक्ष रकाल र कोषाध्यक्ष सुदीपकुमार मल्लद्धारा प्रस्तुत संस्थाको प्रगति र आर्थिक प्रतिवेदन सुझाब सहित पारित गरेको छ । ११८ जना शेयर सदस्य रहेको सहकारीले व्यापार व्यवसाय र कृषि क्षेत्रमा लगानी बढाउँदै लगेको जनाएको छ । कार्यक्रमको सञ्चालन सचिब चिरञ्जीवि शर्माले गरेका थिए ।