संकटमा घरधनीको साथ : बेनी बिरेन्द्रचोका गौतम परिवारद्धारा एक महिनाकोे घर भाडा मिनाहा

  • ११ चैत्र २०७६, मंगलवार
  • 3014 पटक पढिएको

म्याग्दी ११ चैत । पछिल्लो समय विश्वभर नै महामारीका रुपमा फैलिएको कोरोना भाइरसले भाडामा बस्नेलाई मर्का भएपछि बेनी नगरपालिका–७ बिरेन्द्रचोकका एक घरधनीले चैत महिनाको भाडा मिनाहाको घोषणा गर्नुभएको छ । कोरोना भाइरसको म्याग्दी जिल्ला लकडाउनको अवस्थालाई मध्यनजर गरी घरमा रेस्टुरेन्ट ब्यवसाय गर्ने र कोठामा बस्नेलाई घरधनी हिराकुमारी गौतमले एक महिनाको भाडा मिनाह गर्नुभएको हो ।

कोरोना भाइरसका कारण ब्यवसायमा ठूलो मर्का परेपछि भाडावालाको समस्यालाई आत्मसात गदैं भाडा मिनाह गरिएको घरधनी गौतमले बताउनुभयो । ‘हामीसँग पैसा धेरै भएर होईन्,‘घरमै बस्नेहरुको समस्याले यो राहत दिएका छौ’ गौतमले भन्नुभयो । म्याग्दीमा प्रशासनले लकडाउन गरेपछि ब्यवसाय नै बन्द भएको अवस्थामा मानवताको नाताले सहयोग गरेको गौतम परिवारको भनाई छ ।

घरधनी गौतमका माइला छोरा हरिकृष्ण गौतम पत्रकार समेत हुनुहुन्छ भने जेठो छोराबुहारी अनिश, दिपा फगामी गौतम अस्टे«लियामा हुनुहुन्छ । त्यस्तै कान्छो भाई सालिकराम गौतम ब्यवसाय गर्नुहुन्छ । म्याग्दीमा भाडा मिनाहा गर्ने गौतम परिवार पहिलो भएका छन् ।