मौसमी र बेमौसमी फलफूल तथा तरकारी बेचेर बार्षिक ४ लाख आम्दानी

  • २६ माघ २०७६, आईतवार
  • धिरन खत्री
  • 3726 पटक पढिएको

म्याग्दी, २६ माघ । पौरख र परिश्रम गरे स्वदेशमै कृषि खेतीबाट राम्रो आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण म्याग्दीको रघुगंगा गाउपालिको– ३ फुलवारीका दम्पती इन्द्रबहादुर र सुनिता भण्डारीले दिएका छन् । ब्यवसायिक रुपमा मौसमी र बेमौसमी फलफूल र तरकारी खेतीबाट बार्षिक ४ लाख भन्दा बढी आम्दानी गर्दै आएका छन् ।


ब्यवसायिक फलफूलमा केरा, सुन्तला आलु, साग, टमाटर, च्याउ, प्याज, मुला, कपि लगायतको व्यवसायिक खेती गरेर स्वदेशमै राम्रो आम्दानी गर्न सफल भएका छन् । बार्षिक केराबाट साढे एक लाख, सुन्तलाबाट ४० हजार कमाउछन ।


भने आलु बर्षातले असर गरेपनि २५ मुरि भन्दा बढी आलु उत्पादन हुने कृषक सुनिता भण्डारीले बताईन । बेमौसमी रुपमा उत्पादीत बस्तुले राम्रो बजार पाएको बताईन । सडक लगायतको सुविधाले उनले उत्पादन गरेको मौसमी तथा बेमौसमी फलफूल तथा तरकारी खेतीलाई बजारीकरण गर्न सहज छ ।


साउदी कतारको रोजगारीलाई त्यागेर इन्द्रबहादुर भण्डारीले परिवारसंग रहेर राम्रो आम्दानी गर्न सफल भएका छन् ।कृषि खेतीको लागि योग्य माटो, सिचाँइ सुविधा र आवश्यक प्राङ्गारिक मलका लागि भैँसी, बाख्रा कुखरा, हासँ टर्की पालेर पु¥याएका छन् ।


स्थानीय सरकार, जिल्लामा रहेको कृषि ज्ञान केन्द्र र सुन्तला जोन बास्तविक कृषक पहिचान, अनुदान र तालिम लगायतको ब्यवस्था गरेर ब्यवसायिक कृषि खेती विस्तारमा ध्यान दिनुपर्ने देखिन्छ ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l