फलोअप : प्रअमाथि खुकुरी प्रहार गर्ने रुमका रमेश पुन प्रहरीको नियन्त्रणमा

  • २७ कार्तिक २०७६, बुधबार
  • 5512 पटक पढिएको

म्याग्दी, २७ कात्तिक । प्रअ माथि खुकुरी प्रहार गर्ने म्याग्दीको मालिका गाउँपालिका–२ रुम बिलबाङका २७ बर्षिय युवा रमेश पुनलाइ प्रहरीले नियन्त्रणमा लिएकाे छ । रुमको खबाङमा रहेको राष्ट्रिय जनकल्याण आधारभूत विद्यालयकी प्रअ इन्द्रकुमारी पुनलाई खुकुरी प्रहार गरि गम्भिर घाईते बनाएर फरार रहेका पुनलाई ईलाका प्रहरी कार्यालय दरवाङबाट खटिएको प्रहरी टोलीले दिउँसाे २ बजे निस्कोट र रुमकाे विचमा रहेको खोलाबाट नियन्त्रणमा लिएकोे जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायव उपरिक्षक महेन्द्रप्रसाद मरासिनीले जानकारी दिए । घटनाको विस्तृत अनुसन्धान थालिएको प्रनाउ मरासिनीले जानकारी दिए ।

बुधवार विहान करिब साढे ९ बजे बिलबाङबाट खबाङ स्थित विद्यालयतर्फ जाँदै गरेकी राष्ट्रिय जनकल्याण आधारभूत विद्यालयकी प्रअ इन्द्रकुमारी पुनलाई खुकुरी प्रहार गर्दै गम्भिर घाईते बनाएका थिए ।
बाटोमा हिँडीरहेकै अबस्थामा  खुकुरी प्रहारबाट गम्भिर घाईते बनेकी प्रअ पुनलाई उपचारका लागि हेलिकप्टरमार्फत मणिपाल शिक्षण अस्पतालमा लगिएको छ । घाइते भएकी पुनको कान, टाउको र हातमा गम्भिर चोट लागेको छ ।