राखु भगवतीमा योग शिविर सम्पन्न

  • ७ कार्तिक २०७६, बिहीबार
  • 2188 पटक पढिएको

 

म्याग्दी, ७ कात्तिक । जिल्लाको रघुगंगा गाउँपालिका–२ राखु भगवतीमा सात दिने योग शिविर सम्पन्न भएको छ । वडा अध्यक्ष रिमबहादुर कटुवालको आर्थिक सहयोगमा सो शिविर सम्पन्न गरिएको हो ।
सातदिनसम्म संचालन भएको योग शिविरको प्रमृुख प्रशिक्षक नविन आनन्द योग केन्द्रका योगी ओम लामाले गराएका थिए । ३५ जना सहभागि रहेको शिविरमा प्राकृतिक योग शिविरको महत्व र यसको दिगो फाइदाबारे जानकारी गराउदै लामाले योगा सिकाएका थिए ।


मानव स्वास्थ्थ रहन खानपिनमा ध्यान, नियमित स्वास्थ्य परिक्षण, मदिरा सेवन नगर्ने र नियमित योगमा ध्यान दिन आग्रह गरेका थिए । यस अघि गाउँपालिकाको सहयोगमा योग शिविर गरिएको थियो ।
राखु भगवतीमा योग शाखा खोल्न योग केन्द्र म्याग्दी र वडा कार्यालयको समन्वयमा समिति गठन गरिएको छ ।