मुस्ताङका पत्रकार थकाली सम्मानीत

  • २ आश्विन २०७६, बिहीबार
  • 3046 पटक पढिएको

म्याग्दी,२ असाेज ।  हिमालपारीको जिल्ला मुस्ताङका क्रियाशिल पत्रकार एस।के। आस्था थकाली सम्मानीत भएका छन् । गण्डकी प्रदेशको लोकप्रिय पत्रिका समाधान राष्ट्रिय दैनिकको १८ औं वार्षिक उत्सवका अवसर बुधबार पत्रकार थकालीलाई समाधानले सम्मान गरेको हो ।


पोखरा लेंक साईड स्थित होटल बाराहीमा आयोजित कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ तथा समाधान मिडिया प्रालिका अध्यक्ष उमनाथ शर्माले दोसल्ला र प्रमाणपत्रले सम्मान गरेको हो । सम्मानपछि पत्रकार थकालीले दुरदराजका जिल्लामा रही पत्रकारिता प्रति समर्पित रहेर कार्यसम्पान गरेको प्रतिफल भएको बताए ।


विगत ५ वर्ष अघि देखि पत्रकारिता सुरु गरेको पत्रकार थकाली यसअघि आदर्श समाज दैनिक ,राजधानी दैनिक ,ईमेज टेलिभिजन र विभिन्न अनलाईनमा आवद्ध रहेका थिए ।हाल उनी विगत २ वर्षदेखि समाधान दैनिकमा कार्यरत छन् । पत्रकार थकाली नेपाल पत्रकार महासंघ मुस्ताङ शाखाको अध्यक्ष पनि हुन् ।