पोर्चुगलमा कवि नवराज पराजुलीको कन्सर्ट हुने

  • ४ भाद्र २०७६, बुधबार
  • 2830 पटक पढिएको

म्याग्दी, ४ भदाैँ । रोजगार तथा ब्यवसायको शिलशिलामा पोर्चुगलमा रहेका नेपालीहरुको आयोजनामा कवि नवराज पराजुलीको उपस्थितमा कविता कन्सर्ट हुने भएको छ । मेला लिस्बोआको आयोजनामा आगामी महिनाको सेप्टेम्वर ८ मा कवि पराजुलीको उपस्थितमा कविता कन्सर्ट हुने भएको हो ।


विदेशमा रहेका नेपालीहरुले नेपालको भाषा, सस्कृति, कला, साहित्य र संगितको संरक्षण र प्रर्वद्धन गर्ने उद्देश्यले कविता कन्सर्ट आयोजना गरिएको मेला लिस्बोआका संयोजक राजन विक्रमजङ्ग थापाले जानकारी दिए ।
नेपालका चर्चित युवा कवि पराजुलीको प्रस्तुती हुने कार्यक्तममा रोजगारको शिलशिलामा पार्चुगलमा रहेका नेपालीहरुको एकता तथा भेटघाटका लागि कन्सर्ट आयोजना गरिएको हो । यस कार्यक्रम आयोजना पुर्व नेपाली चलचित्रहरु देखाउदै आएको थियो ।