फुर्सदमा म्याग्दी घुम्ने प्रशस्त ठाउँ ( फाेटाेफिचर )

  • २ भाद्र २०७६, सोमबार
  • धिरन खत्री
  • 3229 पटक पढिएको

धिरन खत्री

म्याग्दी, २ भदौँ । संसारको सातौ अग्लो धौलागिरि र निलगिरि हिमालको काखमा हिमाली जिल्ला म्याग्दी पर्छ । पर्यटकको आकर्षण केन्द्र पुनहिल, मोहरेडाडाँ, लामो पुल धौलागिरि र निलगिरि हिमाल रहेका छन् । स्थानीय तहको सक्रियतामा पर्यटकियस्थहरुलमा प्रचारप्रचार तथा पुर्वाधार निर्माणले आन्तरिक पर्यटकहरुको चहलपहल बढेको छ ।


दर्जनौँ हिमाल, मनोरम भु–बनोट, कला संस्कृति र ऐतिहाँसिक स्थलहरु अवस्थित जिल्ला पर्यटन क्षेत्रमा सम्भावना छ । धौलागिरि हिमाल (८,१६७ मिटर) अन्नपूर्ण प्रथम, चुरेन, गुर्जा, मानापाथी लगायतका दर्जनौ हिमाल रहेको छ । हिमालपारिको जिल्ला मुस्ताङको प्रवेशद्धारको रुपमा समेत रहेको म्याग्दीमा हिमालहरुसंगै, अग्ला झरना, ताल तलैया, धार्मिक र ऐतिहाँसिक सम्पदाहरु थप पर्यटकहरुको आकर्षण हुन् ।


भ्रमण गर्न आउने पर्यटकहरुले लामो यात्रामा राउण्ड धौलागिरी, अन्नपूर्ण आधार शिविर, अन्नपूर्ण धौलागिरी सामुदायीक पदमार्ग, गुरिल्ला, धौलागिरी आईसफल, धौलागिरी सेञ्चुरी, पश्चिम धौलागिरी लगायतका पदमार्गको भम्रण गर्न सकिन्छ ।


छोटो दुरीमा २ देखि ५ दिनसम्मको यात्रामा आउने पर्यटकहरु घोडेपानी पुनहिल, फुलवारी, करबाकेली, खोप्रा, मोहोरडाँडा, टोड्के, जगन्नाथ, रुईसे–भेडीओढार, रिखार, स्वर्गाश्रम, बेलढुंगा, बेगको नेपालकै लामो झोलुंगे पुल, रुप्से झरना, अन्ध गल्छी, रुमको दुरलेक, भालेबास्ने ताल, मालिका धुरी, लुकेको बस्ती गुर्जा, हिमालको काखमा रहेको मुदी, तातोपानी कुण्डहरु, लगायतका पर्यटकीय गन्तव्यहरु घुम्न पनि सकिन्छ ।


केही बर्षयता संसारको १० उतकृष्ट गन्तव्य परेको पनहिल घोरेपानीमा पर्यटकको चाप बढ्दै गएपनि अन्य सम्भावनायुक्त क्षेत्रको पर्यटन प्रवद्धन गर्ने उद्देश्यले जिल्लाका स्थानीय तहले पुर्वाधार निर्माणलाई तिव्रता दिएका छ । कलासस्कृति, प्राकृतिक सुन्दरताको प्रचारप्रसार तथा होमस्टे प्रभावकारी रुपमा विकास गर्न सके आन्तरिक तथा बाहय पर्यटकहरुको आगमन बढाएर रोजगारी सिर्जना सकिन्छ ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l