म्याग्दी जलजला परिवारमा फेरि भण्डारी

  • १९ जेष्ठ २०७६, आईतवार
  • 2407 पटक पढिएको

गोपाल छन्त्याल/

सिड्नीः म्याग्दी जलजला परिवार अष्टे«लियाको अध्यक्षमा फेरि दीपक भण्डारी निर्वाचित भएका छन् । आइतबार सम्पन्न संस्थाको चौथो अधिवेशनबाट दोश्रो कार्यकाल सन् २०१९–२१ क लागि भण्डारी सर्वसम्मत रुपमा अध्यक्ष चुनिएका हुन् । अधिवेशनले भण्डारीको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ ।


समितिको उपाध्यक्षमा दीपेन्द्र भण्डारी, सचिबमा माधव सुवेदी, सहसचिबमा रिम भण्डारी, कोषाध्यक्षमा गँगा फगामी, र सहकोषाध्यक्षमा सुवास भण्डारी चयन भएका छन् । त्यस्तै सदस्यहरुमा प्रमोद खत्री, किसान पुन, सुरेश पुन, मोहन पुन, दिपेश गुरुङ्ग, बृद्धिमान मल्ल, दलबहादुर खत्री, प्रकाश केसी छन् ।
एक जनामहिला सदस्य पछि थप गरिने नवनिर्वाचित सचिब माधब सुवेदीले जानकारी दिए । यसअघि, भण्डारीकै अध्यक्षतामा भएको उद्घाटन सत्रमा बोल्दै प्रमुख अतिथि मोना अष्टे«लियाका अध्यक्ष मुक्ति रोकाले सिड्नीमा खेलकुद र विभिन्न सामाजिक अभियानमा जलजला परिवारले खेलेको भुमिकाको प्रशंसा गर्दै यस्ता कार्यलाई निरन्तरता दिन आग्रह गरे ।
बन्दसत्रले अध्यक्ष भण्डारीले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन र सचिब सुवेदीले प्रस्तुत गरेको प्रगतिप्रतिवेदनपारित गरेको थियो । सन् २०१२ मा पश्चिम म्याग्दीको धवलागिरि गाउँपालिकाका अष्टे«लिया बस्ने म्याग्देलीहरुले यो संस्था स्थापना गरेका थिए ।
त्यसयता संस्थाले म्याग्दीसँगै अष्टे«लियामा धवलागिरि गाउँपालिका अतिरिक्त समस्यामा परेका विभिन्न क्षेत्रका व्यक्तिहरुलाई सामाजिक अभियानमार्फत सहयोग गर्दै आएको छ । सिड्नीमा भलिबलको क्रेज बढ्दै जाँदा म्याग्दी जलजला परिवारले हरेक प्रतियोगितामा सक्रिय सहभागिता जनाउँदै खेलाडीको प्रतिभा प्रस्फुटनमा महत्वपूर्ण भूमिका खेल्दै आएको सचिब सुवेदीले जानकारी दिए ।
संस्थाले महावीर पुनले सञ्चालनगर्दै आएको राष्ट्रिय आविस्कार केन्द्रलाई समेत सहयोग गरेको जनाएको छ । नवनिर्वाचित अध्यक्ष भण्डारीले संस्थाको आगामी नीति तथा कार्यक्रमबारे जानकारी गराउँदै सामाजिक कार्य र खेलकुद प्राथामिकतामा राखिएको बताए । नवनिर्वाचित पदाधिकारीलाई मोना अष्टे«लियाका अध्यक्ष रोकाले शुभकामनासँगै सपथ ग्रहण गराएका थिए ।