शेरचन परिवारद्धारा दिपक माविलार्इ तिनलाख भन्दा बढी सहयोग

  • ३ भाद्र २०७५, आईतवार
  • सन्तोष गौतम
  • 3437 पटक पढिएको

बेनी ३ भदौ । बेनी नगरपालिका १० पात्लेखेतको दिपक माविलाई एक परिवारले तिनलाख रुपैया भन्दा सहयोग गर्नुभएको छ । पात्लेखेत घर भई हाल अमेरीकामा बसोबास गर्दै आउनुभएका मनप्रसाद शेरचनका परिवारले तिन लाख पाँचहजार रुपैया सहयोग गरेका हुन् । यसअघि विभिन्न समयमा दुई लाख रुपैया सहयोग गरिसक्नु भएका शेरचन परिवारबाट आईतबार थप एक लाख पाँचहजार रुपैया आर्थिक सहयोग प्राप्तभएको विद्यालयका शिक्षक बिष्णु ढुङ्गानाले जानकारी दिनुभयो ।

मनप्रसाद, उहाँकी आमा सतलदेवी, श्रीमती सिता, छोरा सन्दिप शेरचन, बहिनी करुणादेवी गौचन र ज्वाई बिष्णुप्रसाद गौचनले आईतबार थप सहयोग गर्नुभएको हो । ब्रिटीस आर्मीमा कार्यरत शेरचनका माईला छोरा सन्देश शेरचनले ७० हजार, मनप्रसादले तिस हजार र ज्वाई बिष्णुप्रसादले पाँचहजार रुपैया सहयोग गर्नुभएको छ ।नेपाल विद्युत प्राधिकरणमा कार्यरत शेरचनका अर्का छोरा ईञ्जिनियर सन्दिप शेरचनले दुई थान डेक्सटप कम्प्युटर जडान गर्नुभएको छ । सोही अवसरमा तिस हजार रुपैया बराबरको शैक्षिक सामाग्रीवितरण भएको थियो । सहयोगदाता शेरचन परिवारलाई विद्यालयले आईतबार सम्मान गरेको छ ।

व्यवस्थापन समितिका अध्यक्ष केदारनाथ सुवेदीको अध्यक्षता, शिक्षक बिष्णु ढुङ्गानाको सञ्चालन र प्रअ पुष्पाकुमारी रेग्मीले स्वागत गर्नुभएको कार्यक्रममा कार्यबाहक वडा अध्यक्ष लोकबहादुर पुन, शिक्षक अभिभावक संघका अध्यक्ष अर्जुन पराजुली, पुर्व प्रअ गंगाबहादुर मल्ल, सहयोग दातामन प्रसाद र उहाँका छोराहरुले मन्तब्य व्यक्त गर्नुभएको थियो ।

 

सन्तोष गौतम