विशेष

जातीय विभेदको उत्कर्ष, एकअर्काको जन्ती र मलामी जान छोडे !

दिल शिरीष बागलुङ, ११ वैशाख ।  सहर बजारमा जातीय विभेद अन्त्य गर्ने भन्दै कतै भाषण त, कतै सहभोज चलिरहेछ । तर, बागलुङ जिल्ला सदरमुकामको १४ किलोमिटरको दूरीमा रहेको एक गाउँमा भने जातीय विभेदले दलित र गैरदलित समुदाय एकअर्काको जन्ती र मलामीसमेत जान छोडेका छन् । जिल्लाको काठेखोला गाउँपालिका ३ धम्जामा जन्म... पुरा पढ्नुहोस

तातोपानी कुण्डले होटल व्यवसाय फस्टायो

म्याग्दी, ११ वैशाख । बेनी नगरपालिका– ४ तातोपानीका अधिकाँश घर भरिभराउ छन् । प्राकृतिक औषधालयको रुपमा परिचित तातोपानी कुण्डमा स्नान गर्न आउनेहरुको कारण यहाँका सबै जसो घरमा सञ्चालित होमस्टे भरिभराउ हुने गरेका हुन् ।यहाँको तातोपानी कुण्डमा स्नान गर्न आउनेहरुको लागि करिब १५० घरधुरीमा होमस्टे र १० वटा ठुला होटल सञ्चालनमा... पुरा पढ्नुहोस

मिर्गाैला पीडित मुदीका बम बहादुर पुन बचाउ अभियान सुरु

म्याग्दी,१० बैशाख । म्याग्दीमा क्रियाशिल परोपकारी संस्था ओमकुमारी शान्ती कोषले धौलागिरि गाउँपालिका वडा ४ मुदी निवासी मिर्गाैला पीडित बमबहादुर पुन बचाउ अभियान सुरु गरेको छ । मिर्गाैला राेगबाट पीडित भएका वडा सदस्य बमबहादुर पुनको पारिवारिक आर्थिक अवस्था कमजोर भएपछि पुनको उपचार सफल बनाउन कोषले ‘बम बचाउ अभियान’ सुरु गरेकोे हो... पुरा पढ्नुहोस

प्रवासी बेगखोलाबासीहरुको अभियानः ‘विदेशको आम्दानी, स्वदेशमा लगानी’

म्याग्दी, १० वैशाख । वैदेशिक रोजगारि आम नेपाली युवाहरुको लागि बाध्यता हो । रोजगारि, अध्ययन, व्यापार व्यवसायको शिलसिलामा प्रवासमा पुगेपछि आर्जन गरेको कमाईले कतिपय व्यक्तिहरु सम्पन्न बन्दै सुविधायुक्त जिवनयापन पनि गरिरहेका छन् । तर म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगखोलाका प्रवासीहरुले भने विदेशमा मजदुरी गरि आर्जन गरेको कमाईलाई आफ्नो दैनिक जिवनयापनको लागि... पुरा पढ्नुहोस

म्याग्दीको सुझावः प्रदेशको नाम धौलागिरि र गण्डकी मध्य एक उपयुक्त

म्याग्दी, १० बैशाख । प्रदेश नम्वर ४ को राजधानी पोखरा र नामाङ्कन धौलागिरि उपयुक्त रहेको म्याग्दीका सरोकारवालाले सुझाव दिएका छन् । प्रदेश राजधानी तथा नामाङ्कन समितिको आयोजनामा बेनीमा भएको सुझाव संकलन कार्यक्रममा यस्तो सुझाव राखेका हुन् । सुझाव संकलन कार्यक्रममा उपस्थित म्याग्दीका जनप्रतिनीधि, राजनीतिक दल, पत्रकार लगायतले प्रदेशको नामाङ्ककन धौलागिरि... पुरा पढ्नुहोस

पर्यटकिय स्थल ढोरपाटनमा माईक्रो वेभ लिङ्क मार्फत टेलिकमको टुजी थ्रिजी विस्तार

बागलुङ  १० वैशाख । नेपाल टेलिकमले बागलुङको पर्यटकिय स्थल ढोरपाटनमा माईक्रो वेभ रेडियो लिङ्क मार्फत टुजी र थ्रिजी सेवा विस्तार गरेको छ । टेलिकमले बागलुङ सदमुकाम देखि १२४ किलोमिटर पश्चिममा अवस्थित ढोरपाटन नगरपालिका ९ नेपाने डाॅडामा टावर राखि सेवा सञ्चालनमा ल्याएको नेपाल टेलिकम बागलुङका प्रमुख वरिष्ठ ईन्जिनियर केशव शर्माले जानकारी... पुरा पढ्नुहोस

थाली नाच देखाउने तयारी गर्दै

म्याग्दीको रघुगंगा गाउँपालिका–७ चिमखोलामा थालि नाच देखाउन लागेका कलाकारहरु । चिमखोलाकी हिरामायाँ पुनले सुरु गरेको थाली नाच अहिले देश विदेशका नेपालीहरुमा लोकप्रिय मानिन्छ । तस्बिरः कमल खत्री, म्याग्दी पुरा पढ्नुहोस

क्यान्सर पिडित दानाका सोमबहादुर विकलाई रु २ लाख बढी सहयोग

म्याग्दी, १० वैशाख । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाका क्यान्सर पिडित सोमबहादुर विकको उपचारको लागि रु २ लाख बढी सहयोग जुटेको छ । रक्तक्यान्सरबाट पिडित भई अस्पतालमा उपचाररत विकको सहयोगार्थ स्थानीयले रु २ लाख १ हजार ५६० आर्थिक संकलन गरि विकको परिवारलाई उपलब्ध गराएका हुन् । कतार प्रवासी संघ दानाले सहयोग... पुरा पढ्नुहोस

बेनी–दरबाङ सडक स्तरोन्नतीको लागि आजदेखि समय तालिका अनुसार सवारी चल्ने

म्याग्दी, १० वैशाख । बेनी– दरबाङ सडक स्तरोन्नतीको लागि समयतालिका अनुसार सवारी साधन छुटाएर काम गर्न सुरु गरिएको छ । पश्चिम म्याग्दीलाई सदरमुकामसंग जोड्ने बेनी–दरबाङ सडक खण्ड स्तरोन्नतीको क्रममा साँघुरो ठाउँमा कडा चट्टान काट्नुपर्ने भएकाले एक साताको लागि समयतालिका बनाएर निर्माण कार्यलाई गति दिने निर्णय गरिएको हो । उक्त निर्णय... पुरा पढ्नुहोस

पत्रकार महासंघ प्रदेश ४ को सदस्यमा म्याग्दीका गौतम सर्वसम्मत, अध्यक्ष पौडेल सहितको टिम निर्विरोध

म्याग्दी, ९ वैशाख । नेपाल पत्रकार महासंघ प्रदेश ४ को सदस्यमा म्याग्दीका क्रियाशिल पत्रकार सन्तोष गौतम निर्वाचित हुनुभएको छ । आईतवार भएको मनोनयन दर्ता समयमा प्रदेश ४ को खुला सदस्यमा पत्रकार गौतम निर्विरोध निर्वाचित हुनुभएको हो । प्रेस सेन्टर म्याग्दीका पूर्व अध्यक्ष समेत रहनुभएका गौतम पत्रकार महासंघ म्याग्दीको प्रदेश सभासद... पुरा पढ्नुहोस