म्याग्दी समाचार
रितुङ माविमा अस्थाई टहरा निर्माण
- 7 बर्ष, 1 महिना अगाडि
- ४ आश्विन २०७५, बिहीबार
बेनी ४ असोज । रघुगंगा नदीमा आएको बाढीले कटान गरेर भवन बगाएको रघुगंगा गाउँपालिका ८ दुलेखर्क स्थित रितुङ माविमा अस्थाई टहरा निर्माण भएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट विद्यार्थीहरुले श्रमदान गरेर अस्थाई टहरा निर्माण गरेका हुन् । जंगलको काठ र त्रिपालको प्रयोग गरेर चार वटा अस्थाई कक्षाकोठा निर्माण... पुरा पढ्नुहोस
राहुघाटमा अवरुद्ध सडक खुल्यो
- 7 बर्ष, 1 महिना अगाडि
- ४ आश्विन २०७५, बिहीबार
बेनी ४ असोज । बेनी–जोमसोम सडकको म्याग्दीको रघुगंगा गाउँपालिका ३ राहुघाट खण्डमा अवरुद्ध सडक बुधबार साझँदेखि सञ्चालनमा आएको छ । जिल्लाविपद् ब्यवस्थापन समितिको पहलमा बेनी–जोमसोम–कोरला सडक आयोजनाले रघुगंगाले कटान गरेर सडक बगाएको ठाउँमा खोलालाई डाईभर्सन र पहाड काटेर सवारी आवतजावत गर्न मिल्ने बनाएको हो । भदौ २७गते रघुगंगा नदीमाआएको बाढीले... पुरा पढ्नुहोस
फोर ए साईड फुटबल प्रतियोगिता सुरु
- 7 बर्ष, 1 महिना अगाडि
- ४ आश्विन २०७५, बिहीबार
बेनी ४ असोज । बेनी नगरपालिका ८ कालिपुलमा बुधबारदेखि प्रथम फोर ए साईड फुटबल प्रतियोगिता सुरु भएको छ ।कालिपूल यूनाईटेड युवा कल्वको आयोजनामा असोज ६ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले उद्घाटन गरेका हुन् । २२ समूह सहभागि प्रतियोगितामा बिजेता र उपबिजेतालाई ट्रफि, मेडल र प्रमाणपत्रका साथमा... पुरा पढ्नुहोस
राखुमा सरसफाई गरि संविधान दिवस मनाईयो
- 7 बर्ष, 1 महिना अगाडि
- ३ आश्विन २०७५, बुधबार
राखु, ३ असोज । संविधान दिवस–२०७५ बुधबार म्याग्दीका स्थानीय तहमा विभिन्न कार्यक्रम गरि संविधा दिवस मनाईएको छ । रघुगंगा गाउँपालिका–२ राखु भगवतीका वडा जनप्रतिनिधीले वडा कार्यालय वरीपरि र बाटो सरसफाई गरि दिवस मनाइएको हो । सरसफाई कार्यक्तममा वडा अध्यक्ष रिम कटुवाल, वडा सदस्य, वडा सचिव बलराम पौडेल, समाजसेवी र स्थानीयको... पुरा पढ्नुहोस
पिप्लेमा तिजमेला सम्पन्नः भलिबलको उपाधी हिमसुसेली युवा क्लव मल्लाजलाई
- 7 बर्ष, 1 महिना अगाडि
- ३ आश्विन २०७५, बुधबार
म्याग्दी, ३ असोज । रघुगंगा गाउँपालिका– ३ पिप्लेमा आयोजना गरिएको भलिबलको उपाधी हिमुसुसेली युवा क्लव मल्लाजले जितेको छ । तिजको अवसरमा नवसन्तोष सेवा युवा क्लव आयोजना गरेको विविध प्रतियोगिता मध्ये आयोजक क्लवलाई फाईनलमा १ का विरुद्ध तिन सेटले पराजित गर्दै मल्लाजले उपाधी जितेको हो । त्यस्तै बास्केटबल फाईनलमा आयोजक टिमलाई... पुरा पढ्नुहोस
गूर्जाबासीको बराह पुजा सम्पन्न
- 7 बर्ष, 1 महिना अगाडि
- २ आश्विन २०७५, मंगलवार
म्याग्दी, २ असोज । जिल्लाको धवलागिरी गाउँपालिका–१ गूर्जामा देउता ‘खुसी पार्न’ स्थानीयले बराहको पूजा गरिएको छ । गाउँ नजिक रहेको बराह मन्दिरमा गुर्जाबासीले विधि पूरा गरी मन्दिरमा पुजाआजा गरेका हुन् । जिल्लाको सदरमुकम बेनीदेखी २६ कोष पश्चिममा पर्ने गुर्जामा परापुर्वकालमा काली बराहले स्थानीयको ज्यान लिन थालेपछि सामुहिक पूजाबाट कालि बराहको... पुरा पढ्नुहोस
बेनपाको एकिकृत सहरी विकास योजना तयार पारिने
- 7 बर्ष, 1 महिना अगाडि
- २ आश्विन २०७५, मंगलवार
बेनी २ असोज । बेनी नगरपालिकाको एकिकृत सहरी विकास योजना तयार पारिने भएको छ । शहरी विकास तथा भवन बिभागको प्राबिधिक सहयोगमा नगर क्षेत्रको एकिकृत सहरी विकासका लागि योजना तयार पार्न लागिएको हो । योजना तयार पार्नका लागि मंगलबार भएको कार्यक्रम पछि नगरप्रमुख हरिकुमार श्रेष्ठको अध्यक्षतामा नगर स्तरीय एकिकृत सहरी... पुरा पढ्नुहोस
सुरु भयो रघुगंगाको काम
- 7 बर्ष, 1 महिना अगाडि
- २ आश्विन २०७५, मंगलवार
रघुगंगा २ असोज । ४० मेगावाट क्षमत्ताको रघुगंगा जलविद्युत आयोजनाको पूर्वाधार निर्माणको काम सुरु भएको छ । नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाईड्रोपावर लिमिटेडले बनाउन लागेको आयोजना निर्माणका लागि छ अर्ब रुपैयामा २०७४ मंसिर ५ गते ठेक्का सम्झौता गरेको भारतीय निर्माण कम्पनी जेपी एसोसियट्सले प्रारम्भिक चरणको काम सुरु गरेको... पुरा पढ्नुहोस
किशोरी बलात्कृत
- 7 बर्ष, 1 महिना अगाडि
- १ आश्विन २०७५, सोमबार
म्याग्दी, १ असोज । म्याग्दीको बेनी नगरपालिका– ८ नयाँगाउँ घर भएकी १५ युवती दिदि घरमा जादै गर्दा बाटोमा बलात्कृत भएकी छन् । अन्नपुर्ण गाउँपालिका– ६ घार दिदिको घरमा जादै गरेकी किशोरी दुई युवाहरुले सामुहिक बलात्कारमा परेकी हुन् । बाटोमा दुई युवाले जवरजस्ती बलात्कार गरेको पीडित किशोरीले बताएकी छन् ।... पुरा पढ्नुहोस
रारा गु्रपद्धारा गलेश्वरमा ईञ्जिनियरीङ अटो वर्कसप सुरु
- 7 बर्ष, 1 महिना अगाडि
- १ आश्विन २०७५, सोमबार
गलेश्वर १ असोज । म्याग्दीका युवा ब्यवसायीहरुको समूह रारा ग्रुपले गलेश्वरमा सोमबारदेखि ईञ्जिनियरीङ अटो वर्कसप सुरु गरेका छन् । रिम कटुवाल,हरि भण्डारी, नन्दु खत्री र चित्र खत्री सञ्चालक रहेको गलेश्वरमा स्थापित रारा ईञ्जिनियरीङ अटो वर्कसपको विश्वकर्मा पुजाको अवसर पारेर जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसीद्वारा उद्घाटन गरिएको हो । दक्ष... पुरा पढ्नुहोस