म्याग्दी समाचार
नेकपा म्याग्दीको रघुृगंगा गाउँपालिकामा वडा स्तरीय संयन्त्र निर्माण
- 7 बर्ष, 2 महिना अगाडि
- २६ आश्विन २०७५, शुक्रबार
म्याग्दी, २६ असोज । नेपाल कम्युनिष्ट पार्टी म्याग्दीले वडा तहमा समेत पार्टीको संरचना निर्माण अभियानलाई सुरु गरेकोे छ । विहिवार बसेको पार्टीको जिल्ला संयन्त्रको बैठकको निर्णय बमोजिम शुक्रवार रघुगंगा गाउँपालिकामा नेकपाको संयन्त्रको बैठक बसेको छ । बैठकले रघुगंगाको ८ वटै वडामा संयन्त्र निर्माण गरेको छ । जिल्ला संयन्त्रले दिपक कार्की,... पुरा पढ्नुहोस
मौवाफाँट बचत तथा ऋण सहकारीको बार्षिक साधारणसभा
- 7 बर्ष, 2 महिना अगाडि
- २६ आश्विन २०७५, शुक्रबार
धिरन खत्री म्याग्दी, २६ असोज । ग्रामिण भेगका जनताहरुलाई सेवाप्रवाह गर्ने उद्देश्यले संचालित रघुगंगा गाउँपालिकाको केन्द्र मौवाफाटँमा रहेको मौवाफाँट बचत तथा ऋण सहकारी संस्था लिमिटेडको बार्षिक साधारणसभा शुक्रबार सम्पन्न भएको छ । साधारण सभालाई उद्घाटन गर्दै जिल्ला सहकारी संघका अध्यक्ष प्रेमबहादुर कार्कीले ग्रामिण भेगका जनताहरुको आयस्तर बृद्धि गर्न सहकारीले ब्यवसायिक... पुरा पढ्नुहोस
एक दशकपछि गुर्जा हिमालमा आरोही टोली
- 7 बर्ष, 2 महिना अगाडि
- २६ आश्विन २०७५, शुक्रबार
बेनी, २६ असोज । म्याग्दीको धौलागिरि गाउँपालिका–१ गुर्जास्थित हिमाल आरोहणको लागि एक दशकपछी हिमाल आरोहीहरु आएका छन् । २०६५ सालमा चुरेन हिमाल आरोहण भएपनि त्यसपछि यहाँका हिमाल आरोहणको लागि आरोही पर्यटकहरु आएका थिएनन् । यसै साता मात्रै गुर्जा हिमाज र गुर्जा पश्चिम हिमाल आरोहणको लागि दुई टोली आधार शिविर तर्फ... पुरा पढ्नुहोस
यती होटलको रजत जयन्तीको अवसरमा आठ जना सम्मानीत
- 7 बर्ष, 2 महिना अगाडि
- २६ आश्विन २०७५, शुक्रबार
बेनी २६ असोज । बेनीको क्याम्पस चोकमा रहेको होटल यतीले स्थापनाको २५ वर्ष पुगेको अवसरमा बिहीबार रजत जयन्ती मनाएको छ । वि.स २०३९ देखि गौचन होटलको रुपमा सेवा सुरु गरेको होटललाई २०५१ मा यती बनाइएको थियो । रजत जयन्तीको अवसरमा होटल परिसरमा आयोजित समारोहमा विभिन्न क्षेत्रमा आवद्ध आठ जना व्यक्तित्वहरुलाई... पुरा पढ्नुहोस
बेनी अस्पतालमा अध्यक्ष कटुवालद्धारा पदभार ग्रहण
- 7 बर्ष, 2 महिना अगाडि
- २६ आश्विन २०७५, शुक्रबार
बेनी २६ असोज । बेनी अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले बिहीबारदेखि कार्यभार सम्हाल्नुभएको छ । गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयको मन्त्री स्तरीय निर्णय अनुसार मंगलबार आगामी तीन वर्षका लागि अध्यक्षमा नियुक्त हुनुभएको थियो । अध्यक्ष कटुवाललाई अस्पताल र स्वास्थ्य कार्यालयका कर्मचारीहरुले स्वागत गरेका थिए । उहाँले सबै पक्षसँग समन्वय... पुरा पढ्नुहोस
मल्लाज कोतको पुननिर्माण (फोटो फिचर)
- 7 बर्ष, 2 महिना अगाडि
- २६ आश्विन २०७५, शुक्रबार
मल्लाज २६ असोज । स्थानीयबासीले डेढ करोड रुपैया लगानी गरेर जलजला गाउपालिका ३ स्थित ऐतिहाँसिक मल्लाज कोत मन्दिरको पुनःनिर्माण गरेका छन् । वाईसे चौवीसे राज्यका पालामा निर्मित मल्लाज कोत भगवती मन्दिरलाई धार्मिक पर्यटकीय गन्तब्य स्थलको रुपमा विकास गर्न स्थानीय बासिन्दाबाट आर्थिक स्रोत जुटाएर मन्दिरको पुनःनिर्माणका साथै पूर्वाधार निर्माण भएको हो... पुरा पढ्नुहोस
म्याग्दीमा नेकपाको संयन्त्र गठन, ६ वटै स्थानीय तहमा संयन्त्र निर्माण
- 7 बर्ष, 2 महिना अगाडि
- २५ आश्विन २०७५, बिहीबार
बेनी, २५ असोज । म्याग्दीमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले पार्टी संयन्त्र गठन गरेको छ । पार्टी केन्द्रको निर्देशन अनुसार पार्टीको नयाँ संरचना तयार नहुँदा सम्म पार्टीका गतिविधिलाई अगाडी बढाउनको लागि जिल्ला स्तर देखि स्थानीय तहसम्मको पार्टीको संयन्त्र निर्माण गरिएको हो । तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रबिचको एकतापछि बनेको... पुरा पढ्नुहोस
कालीगण्डकीमा मोटरसाइकल खस्दा घाइते पर्यटककाे उपचारकाे लागी काठमाण्डाै लगीयाे
- 7 बर्ष, 2 महिना अगाडि
- २५ आश्विन २०७५, बिहीबार
म्याग्दी — मुस्ताङ जानेक्रममा मोटरसाइकल दुर्घटना हुँदा अस्ट्रेलियन पर्यटक घाइते भएकी छिन् । बा ४१ प ३६८ नम्बरको रोयल इन्फेन्टर मोटरसाइकलमा सवार ५५ वर्षीया अस्ट्रेलियन नागरिक रोवर्टस नोभेल सुजेम मेरीया बेनीदेखि तीन किलोमिटर उत्तर गलेश्वर नजिक दुर्घटनामा परेकी हुन् । मेरिया मोटरसाइकलसहित सडकदेखि करिब १२ मिटर तल कालीगण्डकी नदी किनारमा... पुरा पढ्नुहोस
काउलेगौडाँ युवा क्लव घतानद्धारा विजयी दशमी मेला सुरु
- 7 बर्ष, 2 महिना अगाडि
- २५ आश्विन २०७५, बिहीबार
म्याग्दी, २५ असोज । नेपालीहरुको महान चार्ड विजयी दशमीको अवसरमा बेनी नगरपालिका– ९ घतानमा काउलेगौडाँ युवा क्लवद्वारा आयोजित मेला बुधबारदेखि सुरु भएको छ ।क्लवले आयोजना गरेको मेलामा भलिबलमा २४ टिमको सहभागिता रहेको छ । भलिबलसंगै विभिन्न सास्कृति एवम् नृत्य प्रतियोगिता आयोजना गरको छ । केवाईसी युवा क्लवका अध्यक्ष चिरञ्जीवी सुवेदीको... पुरा पढ्नुहोस
पर्यटकीय पुनहिलमा पर्यटकको चहलपहल बढ्यो ( फोटो फिचर)
- 7 बर्ष, 2 महिना अगाडि
- २५ आश्विन २०७५, बिहीबार
बेनी, २५ असोज । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा अवस्थित जिल्लाकै प्रमुख पर्यटकीय स्थल पुनहिलमा पर्यटकहरुको भिड बढेको छ । घोडेपानीको शिरमा समृन्द्री सतहदेखि ३२१० मिटर उचाईमा रहेको पुनहिलबाट मनोरम हिमशृङ्खलाको अवलोकनको लागि असोज महिनाको सुरुवातदेखि नै पर्यटकहरुको आगमन बढेको हो । अहिले दैनिक ४ सय देखि ७ सय सम्म पर्यटकहरु... पुरा पढ्नुहोस