म्याग्दी समाचार

चौथो एभरग्रिन कपको उपाधी आयोजकलाई

बेनी २६ असोज । बेनीमा शुक्रबार सम्पन्न चौथो एभरग्रिन कप फुटबल प्रतियोगिताको उपाधी आयोजकले जितेका छन् । आयोजक एभरग्रिन कल्वको सेतो समूहले हरियो समूहलाई १ का विरुद्ध ३ गोल गर्दै उपाधी जितेको हो । बिजेता र उपबिजेताले ट्रफि, मेडल र प्रमाणपत्र सहित एक लाख तीस हजार र सत्तरी हजार रुपैयाँ... पुरा पढ्नुहोस

दश विद्यालयमा वास समिति गठन

बेनी २६ असोज । गुड नेवर्स ईन्टरनेशनल नेपालको आर्थिक सहयोगमा धवलागिरी गाउँपालिकाको ५ वटा वडामा सञ्चालन भएको सामुदायिक विकास परियोजना अन्तरगत १० वटा विद्यालयमा खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समिति गठन भएको छ । विद्यालयमा खानेपानी र सरसफाईको अवस्थामा सुधार ल्याई शैक्षिक उपलब्धि वृद्धीमा सहयोग पु¥याउने उद्देश्यले गठन गरिएका समितिका... पुरा पढ्नुहोस

सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेको काँग्रेसका नेता जोशीको टिप्पणी

बेनी २६ असोज । नेपाली काँग्रेसका नेताहरुले सरकारले जनअपेक्षा अनुसारको काम गर्न नसकेको भन्दै आलोचन गरेका छन् । नेपाली काँग्रेज जलजलाले शुक्रबार वारि बेनीमा बिजया दशमी तथा दिपावली पर्वको अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्ने काँग्रेसका नेताहरुले सरकारको आलोचना गरेका हुन् । कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व... पुरा पढ्नुहोस

उपल्लो मुस्ताङको चराङमा विमानस्थल सम्भाव्यता अध्ययन

  मुस्ताङ, २६ असोज । उपल्लो मुस्ताङको ल्यो घ्यकर दामोदर कुण्ड गाउँपालिका–१ चराङमा विमानस्थल निर्माणका लागि सम्भाव्यता अध्ययन थालिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका इञ्जिनीयर पुष्पराज न्यौपानेको नेतृत्वमा आएको प्राविधिक टोलीले विमानस्थल निर्माणका लागि स्थलगत अध्ययन गरेको हो । छोटो समयका लागि जिल्लाको भ्रमणमा आउने आन्तरिक तथा बाह्य पर्यटक... पुरा पढ्नुहोस

नेकपा म्याग्दीको रघुृगंगा गाउँपालिकामा वडा स्तरीय संयन्त्र निर्माण

म्याग्दी, २६ असोज । नेपाल कम्युनिष्ट पार्टी म्याग्दीले वडा तहमा समेत पार्टीको संरचना निर्माण अभियानलाई सुरु गरेकोे छ । विहिवार बसेको पार्टीको जिल्ला संयन्त्रको बैठकको निर्णय बमोजिम शुक्रवार रघुगंगा गाउँपालिकामा नेकपाको संयन्त्रको बैठक बसेको छ । बैठकले रघुगंगाको ८ वटै वडामा संयन्त्र निर्माण गरेको छ । जिल्ला संयन्त्रले दिपक कार्की,... पुरा पढ्नुहोस

मौवाफाँट बचत तथा ऋण सहकारीको बार्षिक साधारणसभा

धिरन खत्री म्याग्दी, २६ असोज । ग्रामिण भेगका जनताहरुलाई सेवाप्रवाह गर्ने उद्देश्यले संचालित रघुगंगा गाउँपालिकाको केन्द्र मौवाफाटँमा रहेको मौवाफाँट बचत तथा ऋण सहकारी संस्था लिमिटेडको बार्षिक साधारणसभा शुक्रबार सम्पन्न भएको छ । साधारण सभालाई उद्घाटन गर्दै जिल्ला सहकारी संघका अध्यक्ष प्रेमबहादुर कार्कीले ग्रामिण भेगका जनताहरुको आयस्तर बृद्धि गर्न सहकारीले ब्यवसायिक... पुरा पढ्नुहोस

एक दशकपछि गुर्जा हिमालमा आरोही टोली

बेनी, २६ असोज । म्याग्दीको धौलागिरि गाउँपालिका–१ गुर्जास्थित हिमाल आरोहणको लागि एक दशकपछी हिमाल आरोहीहरु आएका छन् । २०६५ सालमा चुरेन हिमाल आरोहण भएपनि त्यसपछि यहाँका हिमाल आरोहणको लागि आरोही पर्यटकहरु आएका थिएनन् । यसै साता मात्रै गुर्जा हिमाज र गुर्जा पश्चिम हिमाल आरोहणको लागि दुई टोली आधार शिविर तर्फ... पुरा पढ्नुहोस

यती होटलको रजत जयन्तीको अवसरमा आठ जना सम्मानीत

बेनी २६ असोज । बेनीको क्याम्पस चोकमा रहेको होटल यतीले स्थापनाको २५ वर्ष पुगेको अवसरमा बिहीबार रजत जयन्ती मनाएको छ । वि.स २०३९ देखि गौचन होटलको रुपमा सेवा सुरु गरेको होटललाई २०५१ मा यती बनाइएको थियो । रजत जयन्तीको अवसरमा होटल परिसरमा आयोजित समारोहमा विभिन्न क्षेत्रमा आवद्ध आठ जना व्यक्तित्वहरुलाई... पुरा पढ्नुहोस

बेनी अस्पतालमा अध्यक्ष कटुवालद्धारा पदभार ग्रहण

बेनी २६ असोज । बेनी अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले बिहीबारदेखि कार्यभार सम्हाल्नुभएको छ । गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयको मन्त्री स्तरीय निर्णय अनुसार मंगलबार आगामी तीन वर्षका लागि अध्यक्षमा नियुक्त हुनुभएको थियो । अध्यक्ष कटुवाललाई अस्पताल र स्वास्थ्य कार्यालयका कर्मचारीहरुले स्वागत गरेका थिए । उहाँले सबै पक्षसँग समन्वय... पुरा पढ्नुहोस

मल्लाज कोतको पुननिर्माण (फोटो फिचर)

मल्लाज २६ असोज । स्थानीयबासीले डेढ करोड रुपैया लगानी गरेर जलजला गाउपालिका ३ स्थित ऐतिहाँसिक मल्लाज कोत मन्दिरको पुनःनिर्माण गरेका छन् । वाईसे चौवीसे राज्यका पालामा निर्मित मल्लाज कोत भगवती मन्दिरलाई धार्मिक पर्यटकीय गन्तब्य स्थलको रुपमा विकास गर्न स्थानीय बासिन्दाबाट आर्थिक स्रोत जुटाएर मन्दिरको पुनःनिर्माणका साथै पूर्वाधार निर्माण भएको हो... पुरा पढ्नुहोस