मुख्य समाचार

खबरामा मामा घर आएका नातीले गरे हजुरआमाको हत्या

  म्याग्दी, २२ भदौ । म्याग्दीको बेनी नगरपालिका–२ खबरा दारिमबोटमा ७४ वर्षीया वृद्धाको धारिलो हतियार प्रहार गरी हत्या भएको छ । हत्या हुनेमा स्थानीय मनकुमारी घिमिरे रहेकी छन् । हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले मृतककी छोरीका छोरा अर्थात् नाती अन्नपूर्ण गाउँपालिका–६ घाराका २६ वर्षीय आशिष भनिने प्रशिद्ध बरुवाललाई पक्राउ गरेको... पुरा पढ्नुहोस

सुरुङभित्रबाट १० दिनपछि एक जनाको जीवितै उद्धार

१९ भदौ, काठमाडौँ । रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकामध्ये एक जनाको जीवितै उद्धार गरिएको छ । खोजी तथा उद्धारमा खटिएका एक इन्जिनियरका अनुसार एक व्यक्तिको जीवितै उद्धार गरिएको बताएका छन् । आज बिहान मात्रै खोजी तथा उद्धारका क्रममा सुरुङभित्रबाट मानिसको आवाज... पुरा पढ्नुहोस

रघुगंगामा ‘अध्यक्षसँग ज्येष्ठ नागरिक’ र ‘उपाध्यक्षसँग गर्भवती तथा सुत्केरी’ कार्यक्रम सुरु

म्याग्दी, ३ भदौ । म्याग्दीको रघुगंगा गाउँपालिकाले ज्येष्ठ नागरिकको स्वास्थ्य सुरक्षा तथा गर्भवती र सुत्केरी महिलाको पोषण प्रवद्र्धनलाई प्राथमिकता दिँदै ‘अध्यक्षसँग ज्येष्ठ नागरिक’ र ‘उपाध्यक्षसँग गर्भवती तथा सुत्केरी’ कार्यक्रम सुरु गरेको छ । गाउँपालिकाको आर्थिक वर्ष २०८३÷०८४ को वार्षिक स्वीकृत कार्यक्रमअन्तर्गत ज्येष्ठ नागरिकको सम्मान, स्वास्थ्य सुरक्षा र सहज जीवनयापनमा सहयोग... पुरा पढ्नुहोस

अन्नपूर्ण गाउँपालिकाले दिवंगत पर्वतारोही निर्मल पुर्जाको शालिक बनाउने

म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले दिवंगत किर्तीमानी पर्वतारोही निर्मल पुर्जा (निम्स) दाईको सम्मान र स्मृतिमा उहाँको जन्मथलोमा शालिक बनाउने भएको छ । गाउँकार्यपालिकाको मंगलबार बसेको बैठकले गत साउन १४ गते पाकिस्तानको ब्रोड पिक आरोहणका क्रममा हिउँपहिरोमा पुरिएर ज्यान गुमाएका १० सदस्यीय पर्वतारोहण टोलीको नेतृत्व गरेका पुर्जाको शालिक बनाउने निर्णय गरेको हो ।... पुरा पढ्नुहोस

पोक–नेटा–अर्मन–किमचौर¬ ताराखोला सडक योजनाको सर्वेक्षण

बेनी, २ भदौ । म्याग्दीको मंगला गाउँपालिका–५ को पोक–नेटा–अर्मन–किमचौर हुदै बागलुङको ताराखोला जोड्ने सडक स्तरोन्नति योजना सर्वेक्षणका लागि मंगलबार सर्वेक्षण गरिएको छ । गण्डकी प्रदेश सरकारको आर्थिक वर्ष २०८३–०८४ मा समावेश भएको यस योजना बहुबर्षीय ठेक्का प्रक्रियाबाट कार्यान्वयनका लागि स्तरोन्नति गर्नुपर्ने ठाउँ पहिचानका लागि जनप्रतिनिधी र उपभोक्ताहरुको उपस्थितिमा सर्वेक्षण गरिएको... पुरा पढ्नुहोस

रघुगंगाले राहुपारेमा डोजर लगाएर अस्थायी बस्ती हटायो

म्याग्दी, २ भदौ । म्याग्दीको रघुगंगा गाउँपालिका–३ राहुपारेमा सामुदायिक बनको क्षेत्रमा पर्ने सार्वजनिक जग्गामा बस्दै आएका बैँसरीका पहिरो पीडितहरुले बस्ती खाली गरेपछि गाउँपालिकाले अस्थायी टहरा हटाएको छ । गाउँपालिकाले पटक–पटक ताकेता गरी अस्थायी टहरामा बस्दै आएकाहरुलाई बस्ती खाली गर्न लगाएपछि मंगलवार डोजर परिचालन गरेर टहरा हटाइएको हो । गाउँपालिका अध्यक्ष... पुरा पढ्नुहोस