विशेष

विकास बजेट बग्यो : म्याग्दीमा सडकमा भएको करोडौं लगानी बर्खे भेलसँगै बग्यो

म्याग्दी, १३ साउन । म्याग्दीका ग्रामीण सडकमा भएको लगानी खेर गएको छ । करोडौं लगानी गरेर हिउँदमा ट्र्याक खोलिएका र स्तरोन्नति गरिएका सडकमा बर्खासँगै सवारी अवरुद्ध भएका छन् । भिरालो जमीनमा एक्साभेटर, ब्याकलोडर जस्ता उपकरण प्रयोग गरेर जथाभावी खनिएका सडकमा बाढी र पहिरोको जोखिम बढेको छ । सडक बनाउने नाउँमा... पुरा पढ्नुहोस

म्याग्दी विकास मञ्चको अध्यक्षमा तेजप्रकाश पुन निर्वाचित, समृद्धीको यात्रामा चौतर्फि सहकार्यमा मन्त्री पुनको जोड

म्याग्दी, १३ साउन ।‘हामी बनाउँछौ समृद्ध म्याग्दी’ भन्ने मुल नाराका साथ भएको म्याग्दी विकास मञ्चको अध्यक्षमा तेजप्रकाश पुन निर्विरोध निर्वाचित हुनुभएको छ । शनिबार म्याग्दीको सदरमुकाम बेनीमा सम्पन्न भएको मञ्चको प्रथम बार्षिक साधारण सभा तथा अधिबेशनबाट प्रथम उपाध्यक्षमा प्रमोद श्रेष्ठ, द्धितिय उपाध्यक्षमा विजय श्रेष्ठ, महासचिवमा कुविरकुमार श्रेष्ठ, कोषाध्यक्षमा टंक हमाल,... पुरा पढ्नुहोस

न्यु जेनेरेशन युवा क्लबद्धारा कालिपुलमा जमेको हिलोमाटो सरसफाई (फोटो फिचर)

म्याग्दी, १२ साउन । म्याग्दी र पर्वत बेनीलाई जोड्न कालिगण्डकी नदीमा रहेको मोटरेबल पुलमा जमेको हिलो माटो सरसफाई गरिएको छ । दैनिक सयौँ मानिसहरु आवत जावत हुने यस पुलमा हिलो जमेर पानीको तलाउ बनेपछि पर्वत बेनीमा रहेको न्यु जेनेरेशन युवा क्लबले शनिवार सरसफाई गरेका हुन् । क्लबका पदाधिकारीहरुको एक समुहले... पुरा पढ्नुहोस

म्याग्दी प्रशासनको सेवा सुधार हुँदै, ४५ दिन लाग्ने राहदानी अब २० दिनभित्रै पाईने ! (भिडियो सहित)

म्याग्दी, ११ साउन । जिल्ला प्रशासन कार्यालय म्याग्दीले कार्यालयबाट प्रवाह हुने सेवालाई छिटो, छरितो र सेवाग्राहीमैत्री बनाउन पहल सुरु गरेको छ । स्थानीय तहबाट सिफारिस लिएर सेवा लिँन आउँदा समेत थप निवेदन लेख्नुपर्ने बिगतको प्रकृयालाई सरलीकरण गरेको जिल्ला प्रशासनले राहदानी सेवालाई समेत छिटो र छरितो बनाउन सुरु गरेको हो ।... पुरा पढ्नुहोस

अन्नपूर्ण गाउँपालिकाका अध्यक्षद्धारा विपन्न विद्यार्थीको उच्च शिक्षाका लागि सहयोग (भिडियाे सहित)

म्याग्दी ११ साउन । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले एक विपन्न विद्यार्थीको उच्च शिक्षाका लागि सहयोग गर्नुभएको छ । अन्नपूर्ण गाउँपालिका ५ पाउद्धारका काजल रोका पुनलाई उच्च शिक्षा अध्ययनका लागि क्याम्पसमा भर्ना हुनका लागि अध्यक्ष पुनले व्यक्तिगत रुपमा पचास हजार रुपैया सहयोग गर्नुभएको हो । पाउद्धार माविबाट एसईई उतिर्ण... पुरा पढ्नुहोस

मंगला गाउँपालिकामा सुत्केरी भैँसीलाई पोषणभत्ता !

म्याग्दी, १० साउन । मंगला गाउँपालिकाले सुत्केरी भँैसी गाल्ने किसानलाई पोषणभत्ता उपलब्ध गराउन थालेको छ । सुत्केरी अवस्थाका गाईभैँसीको स्याहारसुसार र आहरामा ध्यान दिनुपर्ने सन्देश प्रवाह गराउनका लागि पशु आहरा सुत्केरी भत्ता वितरण गरिएको हो । यसवर्ष १९ भैँसीपालक कृषकलाई रु तीन हजारका दरले सुत्केरी भत्ता उपलब्ध गराइएको गाउँपालिकाका पशुसेवा... पुरा पढ्नुहोस

मालिकाद्धारा परिमार्जन सहित साढे ३७ करोड बजेट पारित

म्याग्दी, १० साउन । म्याग्दीको मालिका गाउँपालिकाले आगामी आर्थिक बर्ष २०७५/०७६ का लागि साढे ३७ करोड बजेट पारित गरेको छ । बिहिबार गाउँपालिका केन्द्र दरवाङमा सम्पन्न गाउँसभाले असार १० गते दोश्रो गाउँसभामा प्रस्तुत २९ करोड २७ लाख ६१ हजार रुपैयाँ बजेटमा ३ करोड ९१ लख सञ्जित कोष र सामाजिक सुरक्षाको... पुरा पढ्नुहोस

अन्नतत अनसनरत डा केसी र सरकारबीच सहमति, अनसन तोडीदै

काठमाण्डौ १० साउन । २७ दिनदेखि अनसनरत डा. गोविन्द केसी र सरकारबीचको वार्ता निश्कर्षमा पुगेपछि अन्नत डा केसीको अनसन तोडिने भएको छ । केसीको माग सुनुवाई र अनसन स्थगतको लागि सरकारी र केसी पक्षको वार्ताटोलीबीच आज दिउँसो मात्रै सहमती जुटेपछि अहिले सहमतीलाई अन्तिम रुप दिने तयारी भएको बुझिएको छ ।... पुरा पढ्नुहोस

सरकारको आदेश विपरित जलजलामा कालीगण्डकी नदीको अबैध दोहन ( भिडियाेसहित )

बेनी १० साउन । सार्वजनीक खरिद ऐन, संघीय र प्रदेश सरकारको आग्रह तथा अदालतको आदेश विपरीत म्याग्दीको सदरमुकाम बेनीसंग सिमाना जोडिएको पर्वतको जलजला गाउँपालिकामा हेभी ईक्युभमेन्ट (एक्साभेटर प्रयोग गरेर कालीगण्डकी नदीको अबैध दोहन भएको छ । सार्वजनीक खरिद ऐनले ठेक्का प्रतिस्पर्धा बिना नदीजन्य बस्तुको उत्खनन र निकासी गर्न रोक लगाएको... पुरा पढ्नुहोस

पहिरोले विद्यालय भवन र सडक जोखिममा

म्याग्दी १० साउन । पहिरो र नदी कटानका कारण म्याग्दीको विभिन्न ठाउँमा सार्वजनीक पूर्वाधारमा क्षत्ती पुगेको छ । बेनी नगरपालिका ३ भकिम्लीको मुसुङ डोले आधारभुत विद्यालयको भवन पहिरोका कारण जोखिममा परेको छ । विद्यालय भवनको पछाडीपट्टि रहेको सडक भत्कीएर पहिरो गएपछि भवन जोखिममा परेको स्थानीय डिलबहादुर थापाले बताउनुभयो । पहिरोले... पुरा पढ्नुहोस