म्याग्दी समाचार

दरवाङ म्याग्दी खोला निर्माणको सुरसार

दुखुबेशी ३० कात्तिक । पश्चिम म्याग्दीको बहुप्रतिक्षित दरवाङ म्याग्दीखोला जलविद्युत आयोजना निर्माणको सुरसार भएको छ । धौलागिरि कालिका हाइड्रो लिमिटेडले लामो समयको प्रतिक्षापछि २५ मेगावाट क्षमताको आयोजनाको पूर्वाधार निर्माणको तयारी गरेको छ । प्रभावीत क्षेत्रका लगानीकर्ता र प्रर्वद्धकहरुबीचको बिवादका कारण वि.स २०७१ फागुनमा विद्युत विकास विभागबाट जनेरेशन लाइसेन्स पाएको आयोजनाको... पुरा पढ्नुहोस

दुवै मृगौला पीडित डौमाया पुर्जाको उपचारका लागि युकेबाट १ लाख ७२ हजार सहयोग

म्याग्दी १२ कात्तिक । दुवै मृगौला पीडित अन्नपुर्ण गाउँपालिका–७ हिस्तानकी डौमाया पुर्जाको उपचारका लागि युकेबाट १ लाख ७२ हजार ५०० रुपैया आर्थिक सहयोग प्राप्त भएको छ । रोजगारको शिलशिलामा युके रहेको म्याग्देलीहरुको सहयोगबाट उठेको रकम शुक्रबार पीडित डौमायालाई हस्तान्तरण गरिएको हो । रोजगारको शिलशिलामा युकेमा रहेका ओम रोकाको संयोजनमा संकलन... पुरा पढ्नुहोस

तरकारी खेतीप्रती आकर्षित

बेनी ३० कार्तिक । बेनी नगरपालिका ५ मा पर्ने कुडुले, कुमाल्नी, सेतोढुङ्गा, फुर्केसल्लाका बासिन्दाहरु ब्यवसायिक तरकारी खेतीतर्फ आकर्षित भएका छन् ।सडक, सिचाँईको सुबिधा र बजारमा पहुँचमा वृद्धी भएसँगै स्थानीय कृषकहरु ब्यसायिक तरकारी खेती मार्फत आयआर्जनतर्फ अग्रसर भएका हुन् । महारानी कृषक समूह गठन गरेर कृषि प्रबिधि भित्र्याएका छन् । सदरमुकाम... पुरा पढ्नुहोस

ताकममा आँखा शिविर सुरु

गोपाल आचार्य ताकम २९ कात्तिक । म्याग्दीको धवलागिरी गाउँपालिका ७ ताकममा बिहीबार देखि निशूल्क आँखा शिविर सुरु भएको छ । हिमालयन आँखा अस्पताल पोखाराको प्राविधिक सहयोग, धवलागिरी गाउँपालिका, ताकम स्वास्थ्य चौकी र धवलागिरी जनयुवा क्लव ताकमको आयोजनामा शिविर सुरु भएको हो । होल्याडका बिशेषज्ञ चिकित्सकहरुको टोलीले सेवा दिने मंसिर २... पुरा पढ्नुहोस

छन्त्याल संघको राष्ट्रिय भेला दाङमा हुँदै

म्याग्दी, ३० कात्तिक । नेपाल छन्त्याल संघ केन्द्रिय समितिको दोस्रो राष्ट्रिय भेला दाङमा हुने भएको छ । ‘पहिचान प्रतिनिधित्व संगठन र स्वायतताको लागि विचार बिमर्श गर्ने बेला, छन्त्याल जातिको हकहित र अधिकारको लागि दोस्रो राष्ट्रिय भेला’ भन्ने मुल नाराका साथ मंसिर ८ गते दाङको तुलसीपुरमा संघको दोस्रो राष्ट्रिय भेला गर्ने... पुरा पढ्नुहोस

‘म्याग्दी शिर गुर्जा गाउँ छ’ सालैजो गितको भिडियो छायांकन

म्याग्दी, २९ कात्तिक । गुर्जा, चुरेन, मानापाथी हिमालको काखमा रहेका गुर्जा गाउँको इतिहास र कलासस्कृतिलाई समेटेर ‘ म्याग्दी शिर गुर्जा गाउँ छ’ भन्ने सालैजो भाका रहेको गितको भिडियो छायांकन गरिएको छ । गायक मोहन छन्त्यालको शब्द, म्युजिक भिडियो निर्देशन, स्वरमा सजिएको गितमा गायीका जनकल्याण मावि गुर्जाकी शिक्षीका नौमाया छन्त्यालले साथ... पुरा पढ्नुहोस

रघुगंगामा विद्युतीय शुसासन, वडा, स्वास्थ्य संस्था र विद्यालयमा विद्युतीय हाजिरी मेसिन जडान सुरु

बेनी २९ कार्तिक । म्याग्दीको रघुगंगा गाउँपालिकाले विद्युतीय शुसासनको अभ्यास गरेको छ । शिक्षक, कर्मचारीहरुको कार्यालयमा नियमित उपस्थिती र नियमन गरी सेवा प्रवाहलाई सहज बनाउन विद्युतीय हाँजीरी मेसीन प्रयोगमा ल्याएको हो । गाउँ कार्यपालिका, दग्नाम स्थित ४ नम्बर वडा कार्यालय र स्वास्थ्य चौकीमा विद्युतीय हाँजीरी मेसीन जडान गरेर सोमबारदेखि प्रयोगमा... पुरा पढ्नुहोस

कार्यकर्तालाई प्रशिक्षण दिँदै प्रचण्डले भने‘ म्याग्दीको विकासमा कम्मर कसेर लाग्नुस’

म्याग्दी, २८ कात्तिक । म्याग्दीको तीन दिने भ्रमणमा आउनुभएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले म्याग्दीको विकासमा कम्मर कसेर अघि बढ्न नेता तथा कार्यकर्ताहरुलाई आग्रह गर्नुभएको छ । पत्नी सिता दाहालको बेनी नगरपालिका–४ तातोपानीमा नसा सम्बन्धी रोगको उपचार गराउन यहाँ आउनुभउका अध्यक्ष दाहालले बुधवार नेकपा म्याग्दीले आयोजना गरेको जिल्ला... पुरा पढ्नुहोस

प्रचण्ड र बादललाई म्याग्दी उद्योग वाणिज्य संघमा स्वागत

म्याग्दी, २८ कात्तिक । पुर्व प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष पुष्पकमल दाहाल –प्रचण्ड र गृहमन्त्री रामबहादुर थापा बादललाई म्याग्दी उद्योग वाणिज्य संघले स्वागत गरेको छ । तिनदिनसम्म म्याग्दी बसाई गरेका प्रचण्ड र बादललाई विहिबार उद्योग वाणिज्य संघको टिमले स्वागत एवम् सम्मान गरेको हो ।श्रीमती सिता दाहालको उपचारमा तातोपानी कुण्ड डुब्न आएका... पुरा पढ्नुहोस

पार्टी एकता छिट्टै निष्कर्षमा पुग्छ : अध्यक्ष दाहाल, जनादेश अनुसार सरकार अघि बढ्छः गृहमन्त्री थापा

बेनी २८ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकता छिट्टै निष्कर्षमा पुग्ने बताउनुभएको छ । प्रेस सेन्टर र प्रेस चौतारी म्याग्दीले आज बेनीमा संयुक्त रुपमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष दाहालले अब बस्ने बैठकले प्रदेश, जिल्ला र स्थानीय तह सम्मकै एकताको कामलाई सम्मन्न गर्नेगरि... पुरा पढ्नुहोस