ताजा अपडेट
बेनीको खुलामञ्चमा ‘मिनी रंगशाला’ बनाउने योजना अलपत्र
- 2 बर्ष, 7 महिना अगाडि
- २६ जेष्ठ २०७९, बिहीबार
धिरन खत्री म्याग्दी २५ जेठ । म्याग्दीको सदरमुकाम बेनीस्थित खुल्लामञ्चमा लामो समयदेखि युवाहरुले खेलकुद अभ्यास गर्न पाएका छैनन् । खुलामञ्चलाई स्तरोन्नती गरि मिनी रंगशाला बनाउने काम सुरु भएको बर्षौ बितेपनि बजेट अभावले योजना अलपत्र बनेको छ । खुलामञ्चमा खेल अभ्यास गर्ने खेलाडीहरु यस अघि राष्ट्रिय र अन्तराष्ट्रियस्तर सम्म पुगिसकेको भएपनि... पुरा पढ्नुहोस
बेनीबजारमा अव्यवस्थित तारका कारण जोखिम
- 2 बर्ष, 7 महिना अगाडि
- २६ जेष्ठ २०७९, बिहीबार
म्याग्दी २५ जेठ । बेनी नगरपालिकाको ७ र ८ नं वडामा पर्ने जिल्ला सदरमुकाम बेनीबजारमा जडान गरिएको सडकबत्ती नबलेको एक हप्तायता बलेका छैनन् । बत्ती बल्न छाडेपछि बेनी नगरपालिकाले समस्या पहिचान गर्न दुई प्राविधिकलाई दुई दिनसम्म परिचालन ग¥यो । समस्या पहिचान हुन नसक्दा सडकबत्ती मर्मतमा ढिलाइ भएको बेनपा–७ का अध्यक्ष... पुरा पढ्नुहोस
बगरफाँट बस्ती जोगाउन म्याग्दी नदीमा तटबन्ध
- 2 बर्ष, 7 महिना अगाडि
- २६ जेष्ठ २०७९, बिहीबार
२६ जेठ, म्याग्दी। म्याग्दी नदीको कटानका कारण उच्च जोखिममा परेको बेनी नगरपालिका(२ बगरफाँटलाई जोगाउन बस्ती संरक्षण आयोजना अन्तर्गत म्याग्दी नदी किनारामा ग्याबिन जाली लगाउने काम बर्खा सुरु भएपछि बल्ल सुरु भएको छ । हिउँदमा सुरु भएर अहिलेसम्म सम्पन्न भइसक्नुपर्ने नदी कटानबाट जोगाउन बस्ती संरक्षणका लागि तटबन्धको काम बर्खालागेपछि बल्ल सुरु... पुरा पढ्नुहोस
म्याग्दीमा विपद ब्यवस्थापन समितिको बैठकः नदीको सूचना दिने सम्पर्क ब्यक्ति खटाउने
- 2 बर्ष, 7 महिना अगाडि
- २५ जेष्ठ २०७९, बुधबार
म्याग्दी, २५ जेठ । बर्षायाम सुरु भएसंगै म्याग्दीका मुख्य नदीहरुको अवस्थाबारे जानकारी गराउने सम्पर्क ब्यक्ति खटाउने निर्णय गरेको छ । जिल्ला प्रशासन कार्यालयमा आयोजित जिल्ला विपद ब्यवस्थापन समिति एवम् सरोकारवाला निकायको बैठकले विपद् जोखिमका दृष्टिले उच्च सम्भाब्यता रहेका क्षेत्रहरुमा विशेष निगरानीसहित पुर्व तयारी गर्नका लागि १५ वटा निर्णय गरेको छ... पुरा पढ्नुहोस
बालबिकास कक्षामा पढाउने शिक्षकलाई तालिम
- 2 बर्ष, 7 महिना अगाडि
- २५ जेष्ठ २०७९, बुधबार
पर्वत, २५ जेठ । जलजला गाउँपालिकाको आयोजनामा प्रारम्भिक बाल विकास कक्षामा पढाउने शिक्षकहरुलाई ३ दिने कार्यशाला गोष्ठी गरिएको छ । जलजलाभित्र रहेको सामुदायिक र संस्थागत विद्यालयका ४० भन्दा बढी शिक्षकहरुलाई तालिम उपलब्ध गराएको हो । जेठ २३ गतेदेखि २५ गते सम्म संचालन भएको कार्यशाला गोष्ठीको सहजीकरण प्रशिक्षक कविता पौडेलले गर्नुभएको... पुरा पढ्नुहोस
वारीबेनीमा बजार अनुमगन
- 2 बर्ष, 7 महिना अगाडि
- २४ जेष्ठ २०७९, मंगलवार
बेनी, २४ जेठ । पर्वतको जलजला गाउँपालिकाको वारीबेनीमा मंगलबार बजार अनुगमन गरिएको छ । घरेलु तथा साना उद्योग कार्यालय पर्वतको आयोजनामा वारीबेनीका खाद्यान्न तथा किराना पसलहरुको अनुगमन गरिएको हो । घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख मुना अधिकारीको नेतृत्वमा १३ वटा पसल अनुगमन भएको थियो । जिल्ला प्रशासन कार्यालय, मिलनचोक... पुरा पढ्नुहोस
चिनाखेत खानेपानी योजना अलपत्र
- 2 बर्ष, 7 महिना अगाडि
- २४ जेष्ठ २०७९, मंगलवार
[caption id="attachment_58951" align="alignnone" width="640"] फाइल तस्विर[/caption] म्याग्दी, २४ जेठ । म्याग्दीको बेनी नगरपालिका–३ चिनाखेतका मनबहादुर पुनको घरमा एक वर्षअघि नै मिटर र धारा जडान भएको थियो । “पाइप ल्याएर मिटर र धारा जोडेपनि पानी आएको छैन”, उहाँले भन्नुभयो “इन्टेक, टङ्की, मुख्य र वितरण पाइपलाइन निर्माणले पूर्णता नपाउँदा खानेपानी योजना अलपत्र... पुरा पढ्नुहोस
परीक्षणमै सीमित सहस्रधारा ‘क्यानोनिङ’
- 2 बर्ष, 7 महिना अगाडि
- २४ जेष्ठ २०७९, मंगलवार
बागलुङ, २४ जेठ । दुई पटकको सफल परीक्षणले सहस्रधारा झरनामा साहसिक खेल छाँगावरोहण ९क्यानोनिङ० व्यावसायिक बन्नेमा यहाँका धेरैलाई आशा जगाएको थियो । विसं २०७४ फागुनमा गरिएको परीक्षण सफल भएपछि विसं २०७६ असारमा त खेलकै रुपमा ‘क्यानोनिङ’ आयोजना गरियो । २० जनाले शुल्क तिरेरै छाँगावरोहण गरे । गलकोट नगरपालिका–३ स्थित झरनामा... पुरा पढ्नुहोस
बेनी नगरपालिकामा मजदुर डेस्क र सहायता कोष स्थापना गरिने
- 2 बर्ष, 7 महिना अगाडि
- २४ जेष्ठ २०७९, मंगलवार
म्याग्दी २४ जेठ । म्याग्दीको बेनी नगरपालिकाले मजदुर डेस्क र मजदुर सहायता कोष स्थापना गर्ने भएको छ । नगरकार्यपालिकाको पहिलो बैठकले आगामी आर्थिक बर्षदेखि कार्यान्वयन गर्ने गरि डेस्क र कोष स्थापना गर्ने निर्णय गरेको हो । नगर कार्यपालिका बैठकको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता रमेशकुमार श्रेष्ठले नगरपालिकाभित्र रहेका मजदुरहरुको... पुरा पढ्नुहोस
मानसिक रोगका विरामीलाई नि:शूल्क औषधी र ख बर्गको परिचयपत्रको माग
- 2 बर्ष, 7 महिना अगाडि
- २४ जेष्ठ २०७९, मंगलवार
म्याग्दी २४ जेठ । म्याग्दीका मानसिक रोगका विरामीहरुलाई निःशूल्क औषधी र ‘ख’बर्गको परिचयपत्रको माग गरिएको छ । मानसिक रोगका विरामीका अभिभावक र संरक्षकहरुले विरामीले नियमित रुपमा औषधी सेवन गर्नुपर्ने भएकाले उनीहरलाई निःशूल्क औषधीको उपलब्धता गराउन माग गरेका हुन् । मानसिक रोगका विरामीका संरक्षकहरुको आयआर्जनमा सघाउन विभिन्न कार्यक्रम सञ्चालन गरेको... पुरा पढ्नुहोस