म्याग्दी समाचार

देवानी तथा फौजदारी संहिता अभिमुखीकरण

बेनी २ पुष । धवलागिरी गाउँपालिकाको केन्द्र मुनामा आइतबारदेखि देवानी तथा फौजदारी संहिता सम्बन्धि अभिमुखीकरण कार्यक्रम सुरु भएको छ । गुड नेवर्स इन्टरनेशनलको आर्थिक सहयोग र संगम म्याग्दीको समन्वयमा धवलागिरी गाउँपालिकाले आयोजना गरेको दुई दिन सम्म सञ्चालन हुने कार्यक्रममा कार्यपालिका सदस्य, वडा अध्यक्ष, सचिव र कार्यपालिकाका कर्मचारीहरुको सहभागिता रहेको छ... पुरा पढ्नुहोस

नव कालिगण्डकी सहकारीको पौने पाँच करोड लगानी

म्याग्दी, १ पुस । उत्तरी पर्वतको जलजला गाउँपालिका ३ पर्वत बेनीमा सञ्चालित नव कालिगण्डकी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले कृषि,पशुपालन,शैक्षिक,गृह निर्माण,व्यापारिक र वैदेशिक क्षेत्र गरी पौने पाँचकरोड रुपियाँ लगानी गरेको छ । आइतवार पर्वत बेनीमा आयोजित सहकारीको १३ औं वार्षिक साधारणसभा तथा पाँचौ अधिवेशनमा संस्थाले गत आर्थिक वर्ष २०७४/०७५... पुरा पढ्नुहोस

लिटल गार्डेन एकेडमीको १५ औँ बार्षिक उत्सव ( फोटोफिचर)

म्याग्दी, १ पुस । सदरमुकाम बेनीस्थित संचालित रहेको लिटल गार्डेन एकेडेमीले १५ औ बार्षिकत्सव एवम् अविभावक दिवस विभिन्न कार्यक्रम गरि आइतबार मनाएको छ। बार्षिकत्सवको अवसर खेलकुद सप्ताह तथा बार्षिक गतिविधिमा उतकृष्ट कार्य गर्ने शिक्षक विद्यार्थीहरुलाई पुरस्कार वितरण तथा सम्मान गरिएको थियो । विद्यालयका प्रिन्सिपल खुम केसीको अध्यक्षतामा भएको १५ औँ... पुरा पढ्नुहोस

बेनी–लभ्लीहिल पदमार्ग निर्माण सुरु

म्याग्दी १ पुस । म्याग्दी सदरमुकाम बेनीबजारदेखि पर्यटकीय स्थल लभ्लीहिल जाने पदमार्ग निर्माण सुरु भएको छ । बेनी नगरपालीका– २ मा रहेको पर्यटकीय स्थल लभ्लीहिलमा जाने पर्यटकहरुको सुविधाको लागि बेनी नगरपालिका, म्याग्दी प्रवासी नेपाली संघ(मोना) र म्याग्दी उद्योग वाणिज्य संघको त्रिपक्षिय साझेदारीमा पदमार्ग निर्माण सुरु गरिएको हो । बेनीको हाँडेभिर... पुरा पढ्नुहोस

सिर्जनशील लेखक घायलश्री “साहित्यश्री” बाट सम्मान

म्याग्दीलाई कार्य क्षेत्र मानेर साहित्यिक क्षेत्रमा क्रियाशील युवा सर्जक घायलश्री भारतमा सम्मानित भएका छन् । भारतमा आयोजना गरेको मेरठ साहित्य महोत्सवको अबसर पारेर नेपाली साहित्यको लेखन र पत्रकारिता क्षेत्रमा बिशेष योगदान पुर्याएको भन्दै घायलश्रीलाई सम्मान गरेको हो । पर्वत घर भएपनी म्याग्दीमा रहेर बिगत केही समय देखि निरन्तर साहित्यका बिबिध... पुरा पढ्नुहोस

काफलडाँडामा पूर्व विद्यार्थीद्धारा पाँच लाख रुपैयाँ सहयोग

बेनी १ पुष ।  म्याग्दीको अन्नपूर्ण गाउँपालिका ८ काफलडाँडाका एक व्यक्तिले आफूले शिक्षा हाँसिल गरेको तीन वटा सामुदायिक विद्यालयलाई पाँच लाख रुपैयाँ भन्दा बढी सहयोग गर्नुभएको छ । काफलडाँडाको थपना घर भई हाल हङकङमा बस्दै आउनुभएका देवेन्द्र पुर्जाले तीन वटा विद्यालयलाई चार लाख ९९ हजार ६०५ रुपैयाँ सहयोग गर्नुभएको वडा... पुरा पढ्नुहोस

दरवाङमा न्यायिक सम्बाद

बेनी १ पुष । न्यायिक प्रक्रियामा नागरिकको पहुँच वृद्धीका लागि शनिबार मालिका गाउँपालिकाको केन्द्र दरवाङमा सेवाग्राही र सरोकारवालाहरुबीच न्यायीक सम्बाद कार्यक्रम सम्पन्न भएको छ ।  मालिका गाउँपालिकाको व्यवस्थापन र म्याग्दी जिल्ला अदालतको आयोजनामा भएको कार्यक्रममा बस्ती स्तरमा रहेका मेलमिलाप केन्द्र, गाउँपालिकाको न्यायिक समिति, प्रहरी, अर्धन्यायिक निकाय र अदालतको क्षेत्राधिकार, काम,... पुरा पढ्नुहोस

साना किसानको बिना धितो चार करोड लगानी

मल्लाज १ पुस । जलजला गाउँपालिका ३ मल्लाजमा रहेको साना किसान कृषि सहकारी संस्थाले बिना धितो चार करोड रुपैयाँ भन्दा बढी लगानी गरेको छ । संस्थाको शनिबार मल्लाजमा भएको चौथो वार्षिक साधारणसभामा कोषाध्यक्ष इन्द्र अधिकारीले गत आर्थिक वर्ष २०७४/७५ मा सामुहिक जमानीका आधारमा सहुलियत ब्याजदरमा चार करोड २७ लाख रुपैयाँ... पुरा पढ्नुहोस

पर्वत बेनीमा एनआइसीको एटिएम

बेनी १ पुस । जलजला गाउँपालिका ३ पर्वत बेनीमा एनआइसी एसिया बैङ्कले एटिएम सेवा सुरु गरेको छ । गत वर्षको माघदेखि वारिवेनीमा शाखा सञ्चालन गरेर वित्तिय सेवा प्रवाह गर्दै आएको एनआइसीले शुक्रबारदेखि एटिएम सेवा थप गरेको हो । स्थानीय ग्राहकका साथै मुस्ताङ जाने आउने पर्यटक र तिर्थयात्रीहरुलाई समेत लक्षित गरेर... पुरा पढ्नुहोस

एनआरएनए र मोनाद्धारा दन्तशिविर आयोजना हुने

बेनी १ पुस । गैरआवासीय नेपाली संघ (एनआरएनए) न्युजील्याड र म्याग्दी प्रवासी नेपाली संघ (मोना)को आयोजनामा म्याग्दीको ग्रामिण क्षेत्रमा निशूल्क दन्त शिविर सञ्चालन हुने भएको छ ।  भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रका सर्वसाधारणहरुलाई गाउँमै सहज र सर्वसुलभ रुपमा दन्त उपचार सम्बन्धि सेवा प्रवाह र दाँत सम्बन्धि स्वास्थ्य समस्याबाट बच्ने... पुरा पढ्नुहोस